Logo

Student Corner

दौरा सुरुवाल

Written by: Ruhjen Jung Khadka - 32014, Grade II

Posted on: 30 June, 2021

दौरा सुरुवाल पुरुषहरूले लगाउने पोसाक हाे । यो हाम्रो देशको राष्ट्रिय पोसाक हाे । दौरा सुरुवालमा दौरा घाँटीदेखि घुँडासम्म लामो हुन्छ । दौराको बाहुला लामो र अगाडिको छातीमा दुई फेर गरी दुवैतिर तुना बाँध्न मिल्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छ । सुरुवाल कम्मरमा इँजारले बाँधेर लगाइन्छ । याे कम्मरदेखि गोलीगाँठोको तलसम्म लगाइन्छ । विभिन्न जातिका मानिसहरूले  यस्ता पोसाकलाई विभिन्न नाम दिएका हुन्छन् । दौरा सुरुवालसँगै इस्कोट र शिरमा ढाकाटाेपी वा भादगाउँले टोपी पनि लगाउने चलन छ । यिनै लुगाहरू लगाएका मानिसहरूलाई नेपाली भनेर चिन्न सजिलो हुन्छ ।