Logo

Student Corner

मेरो देश बिरामी

Written by: Joya Shrestha - 15004, Grade IX

Posted on: 29 June, 2021

नेपाललाई शान्तिको देश भनिन्छ । नेपाल शान्तिको देश नै हाे त  ? बुद्धकाे नेपालमा जन्म भएर नेपाल शान्तिकाे देश हाे ? जहाँ जनताले शान्ति अनुभूति गर्न पाएका छैनन् त्यहाँ कसरी शान्ति हुन्छ  ?
शान्ति भनेको द्वन्द्व नभएको अवस्था हो । बाहिर देखिने शान्ति र प्रत्यक्षरूपमा अनुभूति गरिने शान्ति फरक हुन्छ । हामी बिरामी हुँदा हाम्रो आत्मा अशान्त हुन्छ । आत्मा अशान्त हुँदा हामीले कसरी शान्तिको महसुस गर्न सक्छौँ ? । यहाँ नेतादेखि जनता सबै बिरामी छन् । कसैकाे पनि आत्मा शान्त छैन । कसैलाई राेगले, कसैलाई पेटकाे  भाेकले, कसैलाई सत्ताकाे भाेकले त कसैलाई शाेकले अशान्त बनाएकाे छ । सबैका आआफ्नै पीडा छन् व्यथा त्यसैले मेराे देश बिरामी छ ।
कोभिडका कारण लकडाउन भएपछि ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसको जीवन कष्टकर बनेको छ । मानिस रोग र भोकले छटपटाएर दैनिक ज्यान गुमाइ रहेका छन् । देशमा स्वास्थ्य सेवा मजबुत नहुँदा कति मानिसले आफ्नो ज्यान गुमाउनु परेको छ । कति छोराछोरीले आफ्ना आमाबुबा गुमाए कति  आमाबुबाले आफ्ना छाेराछाेरी गुमाए । यसको कारण मेरो देशमा स्वास्थ्य प्रणाली राम्रो छैन त्यसैले मेरो देश बिरामी । 

देशमा बढ्दो भ्रष्टाचारले जनता निराश छन् । कानुनको पालना शासक,प्रशासकदेखि सर्वसाधारण जनताले पनि गरेको पाइँदैन । सरकारी कार्यालयमा जनताले छिटो छरितो सेवा पाउँदैनन् । सरकारी काम कहिले जालान् घाम भने जस्तै छ । सरकार भएको अनुभूति जनताले कहिले गर्ने हो ? त्यो हेर्न बाँकी नै छ ।