Logo

Student Corner

नेपाली संस्कृति र परम्परा

Written by: Aayan Basnet - 25019, Grade IX

Posted on: 28 June, 2021

विश्वमा नेपालको विशिष्ट र भिन्न संस्कृति छ । नेपाल बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक राष्ट्र  हो । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेकाे देश हो । नेपालमा  भिन्न- भिन्न धर्म, जात,  भाषाका  मानिसहरू  बसाेबास गर्दछन् । सबै जातजातिका  आआफ्नै धर्म, परम्परा, भाषाहरू र संस्कृतिहरू छन् । वर्तमानमा  नेपालमा १२३ जति भाषाहरू छन् ।
नेपालमा धार्मिक सहिष्णुता छ । सबै धर्मले एक अर्काको सम्मान गर्छन् । नेपालमा  हिन्दुहरू  धर्म मान्ने मानिसहरुकाे बाहुल्यता भए पनि नेपालको संविधानले सबै धर्मलाई समान मानेको छ ।  नेपाल धर्म निरपेक्ष राष्ट्र हो । म  चाहिँ  हिन्दु धर्म मान्छु ।  यसरी  नै  सबै  धर्मका  आ-आफ्नै रीतिरिवाज र परम्पराहरू छन् ।  हिन्दुहरूले  दसैँ ,  तिहार,  आदि   चाडपर्व  मनाउँछन् ।  दसैँ हिन्दुधर्मावलम्वीहरूको  सबैभन्दा  ठुलो  पर्व  हो ।  दसैँ घटस्थापनाबाट सुरु भएर पूर्णिमासम्म मानाइन्छ ।  दसैँपछिको हिन्दुधर्मावलम्वीहरूको दोस्रो ठुलो चाड तिहार हो । तिहारलाई  दिपावली,  यमपन्चक, पनि भनिन्छ ।  तिहारलाई   प्रकाशको  उत्सव  पनि  भन्ने  गरिन्छ ।  हामी  तिहारमा  गाई,  काग,  कुकुर र लक्ष्मीको  पूजा  गर्छौं ।  यो  पर्वमा  सबैले  आफ्नो घरलाई झिलिमिली बत्तीले  सजाउँछन् । यस्तै नेपालमा गाई  जात्रा,  माघे सङ्क्रान्ति, होली,  छठ,  इन्द्रजात्रा, ल्हाेसार, क्रिसमस इद  आदि विभिन्न चाडपर्वहरू मनाइन्छ । क्रिश्चियनहरूले क्रिस्मस, मुस्लिमहरूले इद- उल फित्र इद र बक्र इद आदि मनाउँछन् । बाैद्ध धर्मावलम्वीहरूले बुद्ध पूर्णिमा, शेर्पाहरूले ल्हाेसार, चाैधरीहरूले माघी आदि आआफ्ना संस्कृतिअनुसारका चाडपर्वहरू मनाउँछन् । 

नेपालमा केही नराम्रा प्रथाहरू पनि छन् । बाल विवाह, बहु विवाह, छाउपडी प्रथा, दाइजाे प्रथा आदि प्रथाले नेपाली समाजलाई पछाडी धकेल्दै गइरहेका छन् । यस्ता प्रथाले मानिसकाे हित गर्दैन । त्यसैले यस्ता प्रथालाई हामीले हटाउँदै लैजानुपर्छ । संस्कृति र परम्परा भनेकाे मानिसका हितमा हुनुपर्छ ।