Logo

Student Corner

चलाख स्याल

Written by: Samip Aryal - 25014, Grade IX

Posted on: 27 June, 2021

कुनै एक समयमा  एउटा जङ्गलमा जङ्गली जनावरहरू बस्थे । जङ्गली जनावरहरूको राजा बाघ थियो भने  प्रधानमन्त्री स्याल थियो । बाघ निर्दयी थियो भने  स्याल चलाख थियो । बाघले म नै सर्वे सर्वा हुँ भन्थ्यो भने स्यालले म जस्तो चतुर तिमी कहाँ छौ र भन्ने सोच्थ्यो।  
एक दिन स्याल जङ्गलको वरिपरि घुमिरहेको थियो । त्यसपछि उसले दुई जनावरहरू एक आपसमा कसरी आफ्नो राजा हटाउने  भनेर कुरा गरिरहेको सुन्यो ।  "हामीले हाम्रो राजा फेर्नुपर्छ। " त्यसपछि स्याल उनीहरूले कुरा गरेको ठाउँमा आयो र भन्यो, " मैले तिमीहरूको सबै कुरा सुनेँ "। स्यालको कुरा सुनेर ती दुई जनावरहरू साह्रै डराए र भने, “कृपया यो कुरा राजालाई नभन्नुहोस् ।” त्यसपछि स्यालले झटपट एउटा जुक्ति निकाल्यो र भन्यो, "मैले याे कुरा बाघलाई बताउँदिन । म पनि तिमीहरूलाई राजा फेर्न  मद्दत गर्छु तर  तिमीहरूले मैले भनेको एउटा कुरा मान्नुपर्छ ; तयार छौ ? स्यालको यस्तो कुरा सुनेपछि उनीहरू मान्न तयार भए । स्यालले भन्यो, “मलाई तिमीहरूले जाडोको लागि बचाएको सबै खाना दिनुपर्छ।” तिनीहरू स्यालको सर्त मान्न मन्जुर भए । स्यालले ती जनावरहरूलाई आफ्नो योजना सुनायो । स्यालको योजनाअनुसार अर्को दिन स्यालले बाघलाई आफूसित एक ठाउँ  जान अनुराेध गर्‍यो । बाघ घुम्न जान तयार भयाे । उनीहरू जङ्गलको बिचमा गए । त्यहाँ एउटा जाल बिछाएकाे थियो र जालमा मासु थियो ।  बाघ मासु देखेर खुसी भयो र त्यसपछि उसले मासु खान सुरु  गर्‍यो । त्यसपछि ऊ जालमा फस्यो । स्याल त्यहाँबाट भाग्याे । अलि पर गएर लुक्याे ।
केही समयपछि दुई मानिसहरू घुम्दै त्यस ठाउँमा पुगे । स्याल झाडी नजिक लुकिरहेको थियो । त्यसपछि ती  मानिसले जालमा फसेकाे  बाघलाई मारे । मानिसहरूले बाघलाई मारेकाे स्यालले देख्याे । त्यसपछि जङ्गल राजा स्याल भयाे ।