Logo

Student Corner

काठमाडाैँ सहर

Written by: Prasiddhi Dangol - 28009, Grade VI

Posted on: 27 June, 2021

देशको मुटु काठमाडाैँ  नेपालको राजधानी
सहर ठुलो अस्तव्यस्त प्रदूषणको खानी
हरियाली देख्नुछैन,अहो कति मान्छे
घरभन्दा गाडी धेरै,गाडीभन्दा मान्छे।

धुलो धुवाँ  फोहोरले घाँटी अँठ्याउने 
रूख बिरूवा कति थोरै उराठ बनाउने
स्वच्छ हावा पानी पाउन  भयाे सारै गाह्रो 
इनार सुख्खा जताततै ,सुख्खा छ नि धारो ।

नदीहरू उस्तै गति डुङ्डुङ् गनाउने
बासिन्दाले नै हो सफा हरित बनाउने
पोखरी खनौँ जमिनमा पानी पाउँनलाई
अनि बल्ल सबै पाउँछाैँ हामी रमाउनलाई ।

घरघरमा बँगैचा भए सुन्दरता दिन्छ
चराहरूकाे चिरबिरले शीतलता मिल्छ
खेल्न,डुल्न जोखिम छ कोलाहल धेरै
हार्दिकता र मानवता त मेरै गाँउमा धेरै ।