Logo

Student Corner

क्रिकेट

Written by: Aarshit Khanal - 30003, Grade IV

Posted on: 27 June, 2021

क्रिकेट घर बाहिर खेलिने एक विश्व प्रसिद्ध खेल हो | यो दुई समूह बिच खेलिन्छ | प्रत्येक समूहमा एघार खेलाडी रहन्छन् | यो खेल खेल्नका लागि ठूलो मैदान, बल र ब्याट चाहिन्छ | यो खेल खेल्ने ठाउँलाई पिच भनिन्छ | यो खेलमा एक समूहले बलिङ्ग गर्छ भने अर्को समूहले ब्याटिङ्ग गर्छ | ब्याटिङ्ग गर्ने समूहले रन बटुल्छ भने बलिङ्ग गर्ने समूहले विकेट लिन्छ | यो खेल टेस्ट क्रिकेट, एक दिवसीय, टि-२० र टि-१० गरी चार प्रकारले खेलिन्छ | यो खेलमा रेफ्री पनि हुन्छ | खेलको अन्त्यमा जुन समूहले बढी रन बनाउँछ त्यहि समूह बिजयी हुन्छ |