Logo

Student Corner

विज्ञान

Written by: Muskan Singh - 14009, Grade X

Posted on: 24 June, 2021

२१औँ शताब्दीमा मानवजातिको विकास साँच्चै प्रशंसनीय छ । यसको प्रमुख कारक भनेकाे विज्ञान हो । विज्ञानले आधुनिक सभ्यताको विकास गर्न मद्दत गरेको छ । विज्ञान भनेको भौतिक विषयको तत्त्व , सिद्धान्त आदिको प्रयोगात्मक विवेचना गरिएको शास्त्र हो। विज्ञानले नै मानिसलाई ढुङ्गेयुगबाट आधुनिक युगमा ल्याउन सफल भएकाे छ ।

विज्ञान मानवजीवनकाे सबैभन्दा महत्त्वपूर्ण उपलब्धी हो । विज्ञानले मानिसलाई भाैतिक खुसी र सुख दिएकाे छ । विज्ञानकै कारण मानिसले असम्भव र अकल्पनीय कुरालाई पनि सम्भव बनाएकाे छ । विज्ञानका नयाँ नयाँ आविष्कारले हामी घरको एउटा सानाे कोठामा बसेर विश्वलाई नियालिरहेका छाैँ । विभिन्न प्राणघातक रोगहरूको उपचार र औषधी पत्ता लगाएका छन् । वर्तमान समयमा विश्वमा आतङ्क मच्चाइरहेकाे काेराेना भाइरसकाे खाेपकाे विकाश पनि विज्ञानकै कारण सम्भव भएकाे हाे । पृथ्वीभन्दा बाहिर अन्तरिक्षमासमेत दिनप्रतिदिन नयाँ नयाँ अनुसन्धान भइरहेका छन् । 
कुनै पनि कुराको सदुपयोग वा दुरूपयोग मानिसले नै गर्न सक्छ । केही मानिसले विज्ञानको सदुपयोग मात्र होइन दुरूपयोग पनि गरिरहेका छन् । विज्ञानको आविष्कार भनेको विकासको लागि हो , विनाशका लागि होइन ।  विभिन्न शस्त्रअस्त्रले विश्वलाई  ध्वस्त बनाउने ,  विश्वलाई  तर्साउने र आतङ्कित बनाउने काम पनि कतिपय देशहरूले गरिरहेका छन् । जुन कुनै पनि मानव र देशको हितमा छैन ।