Logo

Student Corner

सङ्गीत

Written by: Bipana Shrestha - 14002 , Grade X

Posted on: 23 June, 2021

सङ्गीत मानव जीवनको अभिन्न कला र साथी हो । गाउने, बजाउने र नाचको सङ्गमलाई सङ्गीत भनिन्छ । मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै :- सितार, गितार  वा भायोलिन ड्रम आदिबाट धुन निकाल्ने एक कलालाई नै  सङ्गीत मानिएकाे छ। यसकाे उत्पत्ति सामवेदबाट भएको पाइन्छ । सङ्गीत सबै जीवित प्राणीहरूका लागि ईश्वरको महत्त्वपूर्ण वरदानहरूमध्ये एक हो । 
 
सङ्गीत यस्ताे कला हो जसमा हामी आफ्ना भावनाहरू सुर र ताल मार्फत व्यक्त गर्छौं। सङ्गीत, मूर्तिकला, चित्रकला, वास्तुकला जस्ता प्रत्येक कलाले मानवीय भावनाहरू व्यक्त गर्दछन् । प्रत्येककाे माध्यम फरक फरक हुन्छ । यदि हामी रङ, पेन्सिल, कागज, आदि मार्फत भावनाहरू व्यक्त गर्छौं भने चित्रकला सिर्जना हुन्छ । त्यस्तै यदि हामी स्वर ताल मार्फत आफ्ना भावनाहरू व्यक्त गर्छाैँ  भने, सङ्गीत सिर्जना हुन्छ । 

सङ्गीतका विभिन्न भेदहरू छन्ः शास्त्रीय सङ्गीत, पप सङ्गीत, रक सङ्गीत, लाेक सङ्गीत, आधुनिक सङ्गीत आदि । सङ्गीतले हामीलाई दैनिक जीवनको चिन्ता र तनावबाट मुक्त हुन मद्दत गर्दछ । सङ्गीत दु:खलाई निको पार्ने एक उत्तम तरिका हो। यसले मानिसकाे मनलाई आराम र शान्ति प्रदान गर्छ । ससाना बालबालिका सङ्गीत नबुझे पनि सानैदेखि  सङ्गीतमा रमाउँछन् । यसैले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैकाे प्रिय सङ्गीत नसुन्ने र मन नपराउने मानिस  कमै हाेलान् ।