Logo

Student Corner

दाइजो प्रथा

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 21 June, 2021

परम्परा भनेको व्यवहार गर्ने वा व्यापक रूपमा स्वीकार्य तरिका हो ।  विश्वभर विभिन्न परम्परा र रीतिथितिहरू छन्; केही राम्रा छन् भने केही नराम्रा छन् । वर्तमान  समयमा पनि केही नराम्रा प्रथाहरूले हाम्राे समाजमा समस्या निम्त्याइरहेका छन् । ती मध्ये एक दाइजो वा दहेज लेनदेन पनि हो।
विवाह समारोहमा दुलहीको परिवारबाट दुलाहा वा उसको परिवारलाई दिइने सम्पत्तिलाई दाइजो भनिन्छ । यो प्रथा परम्परादेखि चलिआएको प्रथा हो । अहिले दाइजाेलाई मानिसले  आफ्नो प्रतिष्ठा र प्रतिस्पर्धाको रूपमा हेर्छन् । दुलाहा पट्टिका मानिसहरू आफूले मागे जति दाइजाे नपाएसम्म विवाह स्वीकार गर्दैनन् । यो प्रथा वर्तमान समयमा धेरै जसाे तराई र अन्य ठाउँमा पनि प्रचलित छ । समाजमा रहेका गरिब परिवार जसले दाइजाे दिन सक्दैनन् । उनीहरूलाई तिरस्कार गरिन्छ । 
विवाहपछि पनि केटा पट्टिका मानिसहरूले केटी पट्टिका मानिसहरूलाई  दाइजाे माग्ने, आफूले मागे जति नपाए ज्यान मार्ने धम्की दिने,  हेला गर्ने, विभिन्न शारीरिक र मानसिक यातना दिन्छन् । दाइजाे प्रथा एउटा गम्भीर सामाजिक समस्या हो । दाइजाे प्रथा गरिब परिवारका मानिसका लागि अभिशाप हाे । यसै कारणले पनि कतिपय मानिसहरूले छोरी जन्मनासाथ दाइजाे सम्झेर मार्ने गरेका घटना नाैला छैनन् । 
दाइजाे प्रथाले हाम्राे समाजमा हिंसा बढ्दै गएकाे छ । मानिसमा चेतनाकाे कमी हुनु,  शिक्षा प्राप्त गर्न नसक्नु, सानै उमेरमा विवाह गरिदिनु, यसका समस्या हुन् । दाइजाे प्रथा समस्या मात्र नभएर याे एक किसिमकाे राेग हाे । यस्ताे राेगकाे  उपचार  समयमै नगरे यसले सबैलाई सखाप पार्छ । त्यसैले दाइजाे माग्ने वा लिनेलाई समाजबाटै बहिष्कार गरी कानुनअनुसार कारवाही गर्नुपर्छ ।