Logo

Student Corner

हराए सपना

Written by: Aaniya Poudel - 27002, Grade VII

Posted on: 21 June, 2021

सुन्दर संसार भत्काइदियाे आयाे चिनबाट‍‍
राम्राे थियाे हाम्राे संसार बनाइदियाे घाट
सपना थिए मानिसका ठुला अनि साना
मारी लग्याे अकालमा बिगार्‍याे याेजना ।

कस्ताे राेग आयाे अहाे आफ्नाे भन्न नपाउनू
कस्ताे राेग आयाे अहाे आफ्ना भेट्न नपाउनू 
बाहिर जाँदा जुन बेला नि माक्स लगाउनुपर्ने भयाे 
साथीभाइ भेट्दाखेरि डराउनुपर्ने भयाे ।

काेराेनाले गर्दा धेरै मानिसहरू मरेका छन् 
गाउँ सहर हिमाल तराई सबै शाेकमा परेका छन् 
मानिसहरू काम गरी पाल्थे आफ्ना परिवार
काराेनाले उजाड पार्‍याे कठै! सुन्दर संसार ।

मानिसहरू डराएरै दिन काट्नुपर्‍याे 
आज यसले संसारमा हाहाकार मच्चायाे 
रुघाखाेकी लाग्दा पनि लाग्छ धेरै डर
सरसफाइमा ध्यान दिनू यसकै पर्नु भर ।