Logo

Student Corner

कोरोनाको प्रभाव

Written by: Smriti Lama - 25015, Grade IX

Posted on: 20 June, 2021

कोरोना भन्ने रोगै नराम्रो सबैलाई दु:ख दिने
लागेपछि निको हुनै गाराे  मृत्युको मुखमा पुराइदिने,
ठुलासाना रोगी निरोगी कसैलाई नछोड्ने
यस्तो भाइरस फैलिदा पनि मान्छे सचेत हुन नखाेज्ने।

पैसावाल, धनीमानीलाई अस्पतालमा बेड जत्ति  पाइने
तर के गर्नु गरिबको जिन्दगी त जिन्दगी नै नहुने,
साधारण उपचारले बाँच्ने मानिसलाई पनि
तपाइको मान्छे मर्‍यो भन्दै पाखा लगाइदिने ।

विश्वभर कोरोनाको महामारी फैलिँदा 
बिरामीले अक्सिजन र बेड नपाउँदा ,
रोग लागेर  कैयौँ मान्छे मरिसक्दा पनि
कैले आउने हाेला हामी जनताकाे मति ।

रोग लागेपछि  पछुताउनुभन्दा
कुराे बुझाैँ घरबाहिर ननिस्काैँ है जनता
बचाैँ राेगबाट बचाउँ है अरूलाई
मास्क स्यानिटाइजर सबैलाई
लगाउन गर्छु मैले अनुराेध ।