Logo

Student Corner

‘चम्पा’ उपन्यास पुस्तक समीक्षा

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 17 June, 2021

पुस्तक परिचय: 
‘चम्पा’ उपन्यास महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक मात्र उपन्यास हो। देवकोटाका नेपाली साहित्यमा महाकाव्य, खण्डकाव्य, कविता, निबन्ध तथा एक उपन्यासलगायत थुप्रै रचनाहरू प्रकाशित छन् । लक्ष्मीप्रसाद देवकाेटा ‘चम्पा’ उपन्यास उनका अरू कृतिभन्दा भिन्न र सामाजिक विषयमा आधारित भएर रचिएको कृति हो । सामाजिक नाम दिएर लेखिएको यो कृतिमा तत्कालीन समयकाे विकृति एउटी नारीमा हुने अत्याचार, आफ्ना घरका मानिसले गर्ने हेला र  नारीले चुपचाप सहनु पर्ने कुराहरू  चित्रण गरिएको छ । यो उपन्यास वि.सं. २००४ सालतिर रचना गरिएकाे  थियो भने त्यसकाे  २० वर्षपछि वि.सं.२०२४ सालमा प्रकाशित  प्रकाशित भएको जानकारी पाइन्छ । पुस्तकको शीर्षक  'चम्पा' यस उपन्यासको मुख्य पात्र चम्पाको नामबाट राखिएकाे छ । 
कथावस्तु:
चम्पा एउटी १२ वर्षकी चञ्चल  चलचित्र हेर्न मन पराउने, अभिनेत्री बन्ने सपना बाेकेकी केटी हुन्छे । चम्पाको बिहे त्यतिबेलाकाे  समाज र संस्कृतिअनुसार १२ वर्षकै उमेरमा  रामकान्तसँग हुन्छ  । जसकाे शरीर विकृत हुन्छ तर अध्ययन र साहित्यमा रुचि भएको हुन्छ । चम्पा र रामकान्तको उमेर अन्तर धेरै हुन्छ । रामकान्तकाे कमजाेर  शरीरका कारण उनीहरूबिच कुनै शारीरिकक सम्बन्ध  हुँदैन । विवाह भएकाे केही समयपछि  रामकान्त क्षयराेगकाे शिकार  हुन्छ र आफू बाँच्ने सम्भावना थोरै भएका कारणले उसले चम्पालाई आफूबाट टाढा रहन आग्रह गर्छ । आफू घर छाेडी अन्यत्रै जान्छ । तर ऊ जीवित  घर फर्किन्छ र चम्पालाई एउटी सानी केटीबाट नवयाैवना परिपक्व युवती बन्दै गएको देख्छ । उसले देख्छ कि उसकी श्रीमतीमा सौन्दर्यबाहेक अरू केही छैन। त्यसपछि वासनालाई आफ्नो नियन्त्रणमा राख्न सक्दैन । क्षयरोगका कारण शारीरिक सम्बन्ध पनि हुँदैन ।  त्यसैले  उसले आफ्नी पत्नीलाई एउटा चिठी लेखेर घर छोडेर जान्छ । एउटा श्रीमान्ले आफ्नी श्रीमतीलाई  छोडेर गएको समाजमा पनि राम्रो मानिएन । यस्तो कुराको बारेमा धेरै कुरा थाहा नभएकी चम्पालाई उसकी सासुले नानाथरीको चम्पालाई घाेचपेच गर्ने खालका कुरा सुनाइरहन्थिन् । जुन कुराले चम्पा धेरै चिन्तित हुन्थिन् । सकेसम्म प्रतिकार गर्थिन् । जेठानीहरूलेसमेत उनलाई घाेचपेच गर्थे । यसैकारणले उनलाई त्यस घरमा बस्ने मन मर्दै गएकाे थियाे । उपन्यासको अन्त्यमा  चम्पालाई नयाँ जीवन सुरु गर्ने चाहना हुन्छ । अन्यमा हिम्मत जु्टाएर घर छोडेर जान्छे । यसरी कथाको अन्त्य हुन्छ । 
पुस्तक सिफारिस: 
मलाई यो पुस्तक निकै मन पर्याे ।  म यो पुस्तक सबैलाई सिफारिस गर्न चाहन्छु। पुस्तकमा लेखक लक्ष्मीप्रसाद देवकोटाले केही तत्सम शब्दकाे प्रयोग गरेका छन् । जुन सामान्य पाठकहरूका लागि बुझ्न गारो लाग्न सक्छ । कतिपय समास भएका शब्दले उपन्यासलाई केही कठिन बनाए जस्ताे पनि लाग्छ । समग्रमा उपन्यासमा बाेधगम्य नै छ । यस उपन्यासमा तत्कालीन नेपाली समाजमा नारी घर परिवारबाट कसरी अपहेलित हुन्थे भन्ने कुरा देखाउन खाेजिएकाे छ । पुरूष प्रधान नेपाली समाजले नारीलाई कसरी उपेक्षित गर्थ्याे  भन्ने कुरा पनि देखाउन खाेजिएकाे छ । सामाजिक परिवेशका विकृति र त्यसमा नारीले भोग्नुपरेको विवशतालाई देखाउन सक्षम यो कृति एकपटक सबैलाई पढ्न अनुराेध गर्दछु ।