Logo

Student Corner

मेरो देश

Written by: Sulav Maharjan - 25017, Grade IX

Posted on: 16 June, 2021

मलाई मेरो देश नेपालको धेरै माया लाग्छ । मेरो देश नेपाल एसिया महादेशमा रहेको सानो अनि विश्वकै एउटा अत्यन्त सुन्दर राष्ट्र हो । यहाँको हावापानी र प्राकृतिक वातावरण अत्यन्तै रमणीय छ । नेपालमा धेरै हिमाल, पहाड र नदीनालाहरू छन । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि यही छ । यहाँ वन, जङ्गल, लेक, बेँसी र रमणीय हरिया फाँटहरू पनि छन् ।
नेपालमा धेरै जाति, धर्म, भाषा तथा विभिन्न रहनसहन भएका मानिसहरू बस्दछन् । यहाँ धेरै किसिमका कला, संस्कृति, चाडपर्व, परम्परा तथा रीतिरिवाजहरू छन । विश्वमा विविधताकाे संस्कृति भएकाे देश नेपाल भनेर पनि चिनिएकाे छ । त्यसैले, मेरो देश नेपाललाई थरीथरीका फूलहरूको एउटा सुन्दर माला पनि भनिन्छ । मेरो देश नेपालको राष्ट्रिय भाषा नेपाली भाषा हो । यहाँ सयभन्दा बढी भाषाहरू छन् ।  विभिन्न जातिहरूका आआफ्नै मातृभाषा छन् । नेपालमा बस्ने मानिसहरू जुनसुकै जाति, धर्म वा  भाषाका भए पनि सबै नेपाली हुन् ।
मेरो देश नेपालमा विभिन्न किसिमका जनावर र चराचुरुङ्गीहरू छन् । यिनीहरूले हाम्राे  देशकाे  सुन्दरतालाई बढाउने काम गरेका छन् । यही सुन्दरताका कारण पर्यटकहरू हाम्राे देशमा भ्रमण गर्न आउँछन् । हामीले हाम्रा कला, भाषा , संस्कृतिकाे संरक्षण गर्नुपर्छ । हामीलाई नेपालालाई विश्वमा चिनाउनुपर्छ  ।