Logo

Student Corner

मेरो विद्यालय

Written by: Remoon Sangat - 25012, Grade IX

Posted on: 15 June, 2021

विद्यालय ज्ञान आर्जन गर्ने दोस्रो घर हो । विद्यालय पवित्र ज्ञानको मन्दिर पनि हो । जहाँ म मेरो धेरैजसो समय खर्च गर्दछु । काठमाडौँको सिफलमा अवस्थित मेरो विद्यालयको नाम सिफल सेकेण्डरी स्कुल हो ।  जहाँ सफा, शान्त र सुन्दर वातावरण छ । मेरो विद्यालय भौतिकरूपमा सुविधा सम्पन्न विद्यालय हो । जसले यथा सम्भव हरियालीलाई विशेष महत्त्व दिएकाे छ ।
मेराे विद्यालयले आधुनिक र प्राचीन दुवै शिक्षा प्रणालीलाई जोड दिएको छ । यहाँ प्राचीन विषय संस्कृतलगायत आधुनिक विषयहरू पनि पढाइ हुन्छ । यहाँ  विद्यार्थीहरूको रुचि र चाहनालाई विशेष ध्यान दिइन्छ । मेरो विद्यालयले प्रविधि र सञ्चारको धेरैभन्दा धेरै उपयोग गरेको छ । यहाँका प्रत्येक कक्षाकोठा प्रविधिमैत्री छन् । यहाँ बालमैत्री वातावरणमा  सिकाइलाई विशेष जोड  दिइन्छ । विद्यार्थीहरूलाई पनि प्रविधिको उपयोगमा जोड   दिइन्छ  ।   
मेराे विद्यालयले सिर्जनात्मक कार्यलाई विशेष महत्त्व दिन्छ । यहाँका प्रत्येक विद्यार्थीले कथा, कविता , निबन्ध तथा विभिन्न लेखहरू लेख्छन् । जुन विद्यालयको पेज तथा सामाजिक सञ्जालमा प्रकाशित हुन्छ । यसले विद्यार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । म यस्तो विद्यालय अध्ययन गर्न पाएकामा निकै खुसी छु ।