Logo

Student Corner

भयानक कोरोना

Written by: Aakanchhya Khadka - 27001, Grade VII

Posted on: 15 June, 2021

रूप त सामान्य लिएर आएको थियो 
तर विश्वमा  ठुलो क्षति पुर्‍याउन आयो ।
सबैका मन मन र घरहरूमा  
एक प्रकारको त्रास नै त्रास निम्तायो ।

 यो कस्तो अचम्मको हो देखिँदैन 
 तर छ यो धेरै धेरै  नै भयङ्कर ।
 आफ्ना साथी भाइ र आफन्तहरूलाई 
 भेट्ने चलन पनि आफूसगै लग्याे ।

 कार्यालय , विद्यालाय पनि बन्द 
सबैजसो ठाउँमा  बन्द नै बन्द ।
हामी सबै आफ्ना   घरमा छाैँ  
सकेसम्म यसबाट बच्छाैँ ।

आज भोलि  भन्दाभन्दै हाम्रा 
बन्दै छन् दिन नै नराम्रा 
 सबैतिर कोरोनाको त्रास  नै त्रास 
मर्दै छ अब विद्यालय जाने आश ।

अब हाम्रो राम्रो दिन कहिले आउने होला ??
कहिले कोरोनाबाट छुटकारा पाउने होला ??
कोरोनाबाट हामी बँच्न सक्दो प्रयास गरौँ  
 सकारात्मक  मनोभावना  बनाउने गरौँ ।