Logo

Student Corner

बाबालाई ढिलो भोः पुस्तक समीक्षा

Written by: Shreeyan Sangat - 32023, Grade II

Posted on: 15 June, 2021

‘बाबालाई ढिलो भो’ कथा हाम्राे वैशाख महिनाकाे मासिक पुस्तक हाे । यस कथामा बाबालाई अफिस जान ढिलो भइरहेकोले बाबाले हतार हतार आफ्नो दाँत माझ्ने, मुख धुने गर्नुहुन्छ । हजुरबुबाले बाबाको झोला ल्याइदिनुहुन्छ । हजुरआमाले बाबाको छाता ल्याइदिनुहुन्छ । दाइले पनि बाबाको जुत्ता ल्याइदिनुहुन्छ र दिदीले घडी ल्याइदिनुहुन्छ । आमाले भने बाबालाई नास्ता तयार पारिदिनुहुन्छ । नानीले चाहिँ बाबाको नास्ता खाइदिएर बाबालाई मद्दत गर्छिन् ।