Logo

Student Corner

वि. सं.२०७७ लाई फर्केर हेर्दा

Written by: Nishan shrestha - 25008, Grade IX

Posted on: 14 June, 2021

समय आफ्नै गतिमा थियो वि. सं.२०७७ साल कहिले र कसरी  बित्यो मलाई पत्तै भएन । वि. सं.२०७७ सालसँगै  मेरा धेरै यादहरू सम्झन लायक नै बने । वि. सं. २०७७ साल आफैमा डर त्रासमा बित्यो । वि. सं.२०७७ सालमा फैलिएको कोविड १९  अर्थात् कोरोना भाइरसले दुनिया रुवायो । एउटा सामान्य ज्वरोले हामी धेरै आत्तियौँ। रुघाखोकी लाग्दा पनि धेरै आत्तियौँ । कतै कोरोना त लागेन भन्ने शङ्का लागिहाल्छ । अरू बेला रुघाखाेकी लाग्दा सामान्य लाग्थ्यो । अब त रुघाखोकी लाग्दा पनि डराउने समय आयो । १०१ डिग्रीभन्दा धेरै ज्वरो आयो भने त झन् अब केके हुने हो भन्ने धेरै डर लाग्छ। 
 
एउटा सानो भुसुनाले कति मान्छेको ज्यान लियो। भुसुनाभन्दा सानो रोगले कति मान्छेको ज्यान लियो । अकालमै धेरै मानिसले ज्यान गुमाए । घरभित्रै थुनिएर बस्नुपऱ्याे। वि. सं.२०७७ फर्केर हेर्दा  वि. सं.२०७८ पनि त्यस्तै नै हुने देख्दै छौँ र भोग्दै छौँ ।  वि. सं. २०७७ मा जस्तै  वि. सं. २०७८ मा पनि अनलाइन कक्षा चलिरहेका छन् । समय आफ्नै गतिमा चलिरहेको छ । कोरोना हराएर गए पनि यो समय हामीले बिर्सिने छैनौँ ।