Logo

Student Corner

मेरी आमा

Written by: Smriti Lama - 25015, Grade IX

Posted on: 13 June, 2021

आमा शब्द सुन्दा नै गहन र सुन्दर शब्द हाे । सबै आमाहरू माया र हेरचाहका प्रतीक हुन् । मेरी आमा मायाकी खानी हुन् । मेरी आमा जीवनमा पहिलो शिक्षक पहिलो साथी पहिलो प्रेरणा हुन् ।  यदि कसैले मलाई सोधे भने “तिमीलाई सबैभन्दा सुन्दर के लाग्छ ?” अनि मैले जवाफ दिनेछु, “मलाई यो संसारमा सबैभन्दा सुन्दर भनेको मेरी आमा लाग्छ ।”  मलाई लाग्छ परमेश्वरले हाम्रो जीवनमा आमालाई अर्काे  ईश्वर बनाएर धर्तीमा पठाएका हुन् । 
मेरी आमा मेरो लागि आमा मात्र नभएर सुन्दर  संसार र मेरो सबैभन्दा मिल्ने साथी पनि हुन् । किनभने म उनीसँग मेरा सुखदुःख, मेरा जीवन भाेगाइलगायत हरेक कुरा साट्न सक्छु । कुनै पनि कुरा गर्न सक्छु । मेरी आमा सधैँ मेरो नजिक  हुन्छिन् । मेरा कुरा सुन्दा उनी खुसी पनि हुन्छिन् । मलाई लाग्छ; यदि म डराएकी छु भने मेरो डर हटाइदिने मेरी आमाका नै हुन् । मेरो हरेक समस्याको समाधान उनी नै हुन् । म मेरी आमासँग जीवनभर हराउन सक्छु । उनकै काखमा लुटपुटिन सक्छु । म उनकै अँगालोमा हराउन सक्छु ।  मेरी आमाको हृदय विशाल छ । म जति ठुली भए पनि उनको लागि सधैँ सानी हुन्छु । मेरा जान अनजानका हरेक गल्तीलाई क्षमा दिने उनी मेरा लागि भगवान् हुन् ।  

मेरी आमा मेरो भविष्य बनाउनको लागि मबाट टाढिएको पनि ९ वर्ष भइसकेको छ । म यु.के.जी.मा पढ्दा उहाँले मेरो भविष्य सोचेर मलाई आवासीय विद्यालयमा राखिदिनुभयो ।  म त्यतिबेला सानै थिए । आमाले किन मलाई यसरी आफूबाट टाढा राख्नुभयो ?  मैले  त्यतिवबेला आमाको माया र महत्त्व बुझ्न सकिन । मलाई मेरी आमाको धेरै याद आउँथ्यो । जब ठुली हुँदै गए तब सबै कुरा बुझ्दै गएँ ।  
अहिले मेरी आमा भौतिक रूपमा टाढा भए इन्टरनेटका माध्यमबाट दैनिक कुरा गर्छौँ । उनकै मायाले मलाई नजिक गराएको छ । अब छिट्टै मेरी आमा फर्किनु हुने छ । अनि म उनीसँग अझै रमाउने छु । उनका सबै दु:ख बुझेकी छु र बुझ्ने छु ।