Logo

Student Corner

आमा

Written by: Rushav Paneru - 28018, Grade VI

Posted on: 13 June, 2021

आमा भनेकी हामीलाई जन्म दिने सृष्टिकर्ता  हुन्। आमालाई हामी सबैले सम्मान, माया र आदर गर्नुपर्छ। आमालाई हामीले कहिल्यै हेला गर्नुहुँदैन। आमाले हामीलाई धेरै दु:ख गरेर जन्म दिएकी हुन्छिन्। आमाले आफू नखाएर आफ्नो सन्तानलाई खुवाउँछिन्। 
आमाले हाम्रा लागि धेरै त्यागहरू गरेकी हुन्छिन्। आमा भनेकी जीवनमा सबैभन्दा महत्त्वपूर्ण मानिस हुन्। उनले हाम्रा लागि आफ्नाे शरीर त्याग गरेकी हुन्छिन्। हामीले पनि सँधै आमालाई सहयोग गर्नुपर्छ । आमाले आफ्नो सन्तानकाे लागि सधै राम्राे मात्र साेच्छिन्। आमाकोजस्तो माया अरू कसैको हुँदैन। आमा हाम्री प्रथम गुरु पनि हुन्। आमाले हामीलाई जीवनमा नजानी नहुने कुराहरू सिकाउँछिन्। आमाले हामीलाई राम्रो मानिस बनाउँछिन्। आमाले हाम्रो भलाईको लागि कहिले काहिँ गाली पनि गर्छिन्। हामीले आफ्नी आमालाई सबैभन्दा धेरै माया गर्नुपर्छ। कुनै पनि व्यक्तिको प्रथम र सबैभन्दा भरपर्दो मित्र पनि आमा नै हुन्। संसारको हरेक देशमा वर्षको एक दिन आमालाई समर्पित गरिएको हुन्छ। 
नेपालमा पनि वर्षको एक दिन मातातीर्थ औँशी भनेर आमाप्रति विशेष प्रेमभाव देखाउने चलन छ । त्यो दिन आमाबाट टाढा भएका सन्तानहरू आमाको मुख हेर्न भनी बडो हर्षका साथ विभिन्न मिठा खानेकुराका परिकार तथा नयाँ लुगालगायतका कोसेलीहरू बोकेर आमा भएको ठाउँमा जान्छन्। काठमाडाैँको दक्षिणपश्चिमतर्फ डाँडाको मुनि मातातीर्थ भन्ने प्रसिद्ध तीर्थस्थल छ, जहाँ आमा नहुनेहरूले मातातीर्थ औँशीको दिन गएर स्नान तथा पूजा - अर्चना गरी आमाप्रति श्रद्धा अर्पण गर्दछन्।