Logo

Student Corner

आदित्यकाे चलाखी

Written by: Samip Aryal - 25014, Grade IX

Posted on: 10 June, 2021

नेपालकाे पहाडी जिल्लामा एउटा सानाे गाउँ थियो । त्यो गाउँमा दुई जना केटाहरू थिए। तिनीहरू असाध्यै मिल्ने साथी  थिए। तिनीहरूको नाम आदित्य र राहुल थियाे। आदित्य इमानदार थियाे भने राहुल खराब थियाे । उनीहरू निकै मिल्ने साथी थिए । राहुल आदित्यकाे अगाडि निकै इमानदार बन्थ्याे । आदित्य पनि राहुललाई निकै विश्वास गर्थ्याे।
एकदिन आदित्य बाटाेमा हिँड्दै थियो र उसले राहुललाई भेट्याे । त्यसबेला राहुललाई ​​गाउँलेहरूले हप्काइरहेका थिए । आदित्य राहुलकाे मिल्ने साथी भएकाले उसले ​​गाउँलेहरूले राहुललाई किन हप्काइरहेका छन् भनेर साेधखाेज गर्न थाल्याे । " किन तपाईँहरूले मेरो साथीलाई गाली गर्नुभएकाे " ? एक जना गाउँलेले भने, " तिमाे साथीले  मेरो घरबाट भास चोरेको छ।"  ती गाउँलेकाे कुरा सुनेपछि आदित्यले राहुललाई सोध्याे, "के तिमीले भास चोरी गरेकाे ? " राहुलले भन्याे, "मैले चाेरी गरेकाे छैन " । आदित्यले राहुल झुट बाेलेकाे छैन भन्ने कुरा बुझेकाे थियाे । याे कुरा उसले गाउँलेहरूलाई पनि बुझाउन खाेज्याे तर गाउँलेहरूले विश्वास गरेनन् । आदित्यले तिनीहरूसँग भन्याे, " म चाेरलाई खाेज्छु"  भनेपछि उनीहरूले सहमति जनाए । सबैजना आआफ्नाे घर गए ।
त्यसैरात आदित्यले उसको घरमा नक्कली भास राख्यो। त्यसपछि ऊ चोर समात्न घर बाहिर गयाे । ऊसँगै भास खाेजी गर्नेमा उसका सहयाेगी पुलिस पनि थिए। केही समयपछि कालो मास्क लगाएकाे मानिस घरभित्र पस्याे र भास चोरेर बाहिर निस्क्याे । पुलिसले त्यो चोरलाई पक्रे अनि उसलाई के चाेरी गरेकाे भनेर सोधे । चोरले आफूले चोरेको सबै सामान फिर्ता गऱ्यो । ती सामानमा चोरी भएकामध्ये भास पनि थियो । त्यसपछि राहुलले गाउँलेहरुलाई वचन दियाे कि ऊ अब  इमानदार हुनेछ । अबदेखि यस्ताे काम कहिल्यै गर्नेछैन ।  गाउँलेहरूले  उसलाई माफ गरे । साथीकाे चलाखीले गर्दा उसकाे बानी सुध्रियाे ।