Logo

Student Corner

फेरि आयाे

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 10 June, 2021

चिनबाट  निस्किएर देश देश पस्यो
आतङ्क फैलाएर मानिसलाई मार्‍याे ।
नेपालमा पसेर महामारी फैलायाे
लकडाउन लगाई सबैलाई घरमा बसायाे । 

देश देशमा कोरोना फैलाई डर फैलाए
अनलाइन कक्षा सुरु गरे अनि पढाए।
वैज्ञानिकले मिहिनेत गरी खोप बनाए
अनि नेपालबाट कोरोना हटाए ।

विद्यालय सुरु भयो अनि  परीक्षा सकियो
नया वर्ष सुरु भयो अनि कोराेना फर्कियो।
लकडाउन हाली फेरि घरमा बसायो
अनलाइन कक्षा गरी मोबाइल अगाडि बसायो।

झन् खतर्नाक भई मान्छे मार्‍याे
लकडाउनले गर्दा धेरै मानिसलाई भोकै पार्‍याे।
कोरोनासँग अब हामी बच्नुपर्छ
घरमा बसी कोरोनालाई मार्नुपर्छ।