Logo

Student Corner

तिमी अब आउने छौ

Written by: Jiya Sapkota - 25003, Grade IX

Posted on: 09 June, 2021

देशको लागि  रगत  बगाउछु भन्ने
ए ! वीर  नेपाली   तिमी  कता हरायौ    ? 
तिमीसँगै  हराए  तिम्रा वाचा  पनि   
छौ   कि  कतै अझै  पनि  भनी  
खोज्न मन   छ  मलाई 
कहाँ  छौ  तिमी   ? 

कुना, कन्दरामा लुकेका  पो  छौ  कि 
कसैले  नदेख्ने  ठाउँमा बसी 
एक्लै रोएका  पो  छौ  कि    ? 
 उठाउँछु  भन्थ्यौ  आवाज 
अन्यायका  विरुद्ध 
गर्छु  भन्थ्यौ  सङ्घर्ष ,
अन्यायका  विरुद्ध । 

तिम्रो  बाटो  हेरी बसेका  छन्  सबै 
तिम्रो खाँचो  छ  देशलाई 
हसाउनु  छ  तिमीले आमालाई ,
तिमी  जहाँ   छौ 
तिमी जस्तो  छौ 
तिमी  आउने  छौ  
तिमी  अब  हराएर पनि आउने छौ  ।