Logo

Student Corner

नेपाली समाजमा समलिङ्गी

Written by: Anushka Basnet - 24001, Grade X

Posted on: 08 June, 2021

समलिङ्गी सम्बन्ध भन्नाले उस्तै लिङ्ग दुई व्यक्तिबिच स्थापित यौनसम्बन्ध हो। यो कुनै रोग होइन। समलिङ्गी यौनसम्बन्ध एउटा प्रवृत्ति हो, जुन अल्पसङ्ख्यक व्यक्तिमा हुन्छ। यो जिनको प्रभावबाट हुन्छ भन्ने तथ्य पनि वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाे छ ।
सामान्यतया समलिङ्गी सम्बन्ध दुई किसिमका हुन्छन् – ः जन्मजात र व्यवहारिक वा पछि सिकेर । जन्मजात समलिङ्गीहरू शारीरिक रूपमा पुरुष वा स्त्रीजस्ता देखिए पनि भावनात्मक वा मनोवैज्ञानिक रूपमा ठिक उल्टो आचरण गर्छन् । यसको कारण वंशाणु  हुन्छ। उनीहरू आफ्नै लिङ्गका मान्छेसँग यौनमात्र होइन, भावनात्मक रूपमा पनि आकर्षित हुन्छन् । समाज वा परिवारबाट उनीहरूलाई जतिसुकै यो प्रवृत्तिबाट मुक्त हुन दबाब आए पनि यसबाट मुक्त हुन सक्दैनन्। उनीहरू आफ्नो इच्छा वा रहरले यस्तो भएका पनि हुँदैनन् । अर्को अर्थमा उनीहरूको सृष्टि नै यसै रूपमा भएको हुन्छ।
जो यर्थाथमा समलिङ्गी हुन्छन्, उनीहरूले त्यसै रूपमा बाँच्न पाउनुपर्छ। उनीहरू अल्पसङ्ख्यक यौनव्यवहार गर्ने व्यक्ति हुन् । विचलित वा रोगी होइनन् भन्ने तथ्य हाल विश्वव्यापी रूपमा स्वीकार भइरहेको छ । युराेप अमेरिकाका क्यानडालगायतका  केही देशहरूमा यस्ता व्यक्तिलाई विवाह गर्ने कानुनी अधिकार पनि प्राप्त छ । उनीहरूलाई आफ्नै चाहनाअनुसार बस्न दिनुपर्छ र समाजबाट टाढा राख्नु हुँदैन।
नेपालको सन्दर्भमा भने समलिङ्गी विवाहलाई अझै पनि कानुनी रूपमा मान्यता दिइएको छैन । यसले गर्दा नेपालमा भएका समलिङ्गीहरू समस्यामा  छन्  । न त उनीहरू समाजमा खुल्न सकेका छन् । समलिङ्गी हुनु भनेको कुनै अपराध होइन । आफ्नाे चाहनाअनुसार बाँच्न पाउनु सबैकाे अधिकार हाे ।