Logo

Student Corner

म सानी नानी

Written by: Prasiddhi Dangol - 28009, Grade VI

Posted on: 08 June, 2021

म सानी नानी 
पढ्ने मेराे बानी
आफूभन्दा ठुलालाई छ
आदर गर्ने बानी ।

माया गर्छन् सबैले 
ज्ञानी नानी भनेर
दङ्ग पर्छु प पनि 
सबकी प्यारी ठानेर ।

चट्ट पारी गाजल
लाइदिने आमाले
पुतली हाे भनेर
फुर्काइदिने बाबाले ।

बिहान सबेरै उठेर 
पढ्न बस्ने म छाेरी
विद्यालय जान्छु म
चट्ट कपाल काेरी ।