Logo

Student Corner

मानव स्वास्थ्य

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 06 June, 2021

मानिसको शरीरले गर्ने विभिन्न क्रियाकलाप उसको स्वास्थ्यसँग सम्बन्धित हुन्छन् । मानव स्वास्थ्य स्वस्थ भएन भने मानिसले कुनै पनि  कार्य राम्ररी गर्न सक्दैन । त्यसैले मानव स्वास्थ्यलाई जीवनको पहिलो धन भनिएको छ । हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ । हामीले आफ्नो खानपानदेखि लिएर हाम्रा खराब आचरण सुधारका साथै दैनिक व्यायाम, शारीरिक श्रम गरी स्वास्थ्य सुधार गर्नुपर्छ । 
कतिपय मानिसहरू स्वास्थ्यप्रति सचेत नभई विभिन्न किसिमका लागुपदार्थ सेवन गरिरहेका हुन्छन् । कति मानिसहरू आनन्द र रमाइलो भन्दै धुम्रपान, मध्यपान गरिरहेका हुन्छन् । यस्ता नशालु पदार्थले हाम्रो स्वास्थ्यमा कस्तो नकारात्मक असर गर्छ भन्ने कुरा उनीहर बुझेर पनि नबुझे जस्तो गर्छन् । यस्ता किसिमका पदार्थले हाम्रो मस्तिष्कलाई लट्ठ बनाउँछन् । त्यस्तो पदार्थलाई लागूपदार्थ भनिन्छ भने त्यही पदार्थको खराब लतलाई दुव्यर्सन भनिन्छ । यस्ता लागू पदार्थको लतले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ ।   हाम्रो मनमष्तिस्क निष्क्रिय हुन्छ । यसरी मानिस अनौठो विकृतिको खाडलमा भासिन पुग्छ । यसरी मानिसले आफ्नो स्वास्थ्य बिगार्दै गइरहेका हुन्छन् । खराब स्वास्थ्य हुनु भनेको मानिसका सोचाइ पनि खराब हुनु हो । खराब सोचाइले मानिसले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन । अस्वस्थ्य मानिस आफ्नै परिवारको पनि बोझ भएर बाँच्नुपर्छ। एकातिर आफ्नै परिवारको बोझ हुनु र अर्कोतिर रोगी शरीर लिएर  बाँच्नु भनेको आफैँले आफैँलाई धिक्कार्नु हो । 
हामी सबै आफ्नो स्वास्थ्यप्रति सचेत हुनैपर्छ । कहिलेकाहीँ हामी थाह नपाइकन पनि अस्वस्थ हुन पुग्छौँ । त्यसैले बेलाबेलामा हामीले आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । कतिपय कहिल्यै निको नहुने खालका रोग लाग्न सक्छन् । यस्तो अवस्थामा डाक्टरसँग स्वास्थ्य जाँच गराएर नियमित औषधी सेवन गर्नुपर्छ । सकारात्मक सोचाइ राख्नुपर्छ । सकारात्मक सोचाइले ऊर्जा प्राप्त हुनुका साथै धेरै रोगहरू निको हुन्छन् । तसर्थ स्वास्थ्य राम्रो भयो भने हाम्रो जीवन राम्रो हुन्छ ।