Logo

Student Corner

अन्धविश्वास र नेपाली समाज

Written by: Himani Bhattarai - 24011, Grade X

Posted on: 02 June, 2021

कुनै पनि तथ्यगत प्रमाणविना परम्परादेखि आँखा चिम्लेर गरिँदै आएकाे विश्वासलाई नै अन्धविश्वास भनिन्छ । अर्काे अर्थमा भन्ने हाे भने अन्धविश्वासहरू परमम्परादेखि  प्राचिलित विश्वासहरू हुन् । यस्ता अन्धविश्वासहरूले नेपाली समाजमा सदियाैँदेखि जरा गाडेर बसेका छन् ।  लिङ्गका आधारमा गरिने भेदभाव, जातीय विभेद,  छुवाछुत प्रथा, छाउपडी प्रथा,  बाेक्सी प्रथा, दाइजाे प्रथा, कुमारी प्रथा, देउकी प्रथाजस्ता प्रथाहरूले नेपाली  समाजलाई राेगी बनाएका छन् ।
हामी अहिले २१ औँ शताब्दीमा छौँ । अहिलेको २१ औँ शताब्दीमा पनि  हामी  परम्परादेखि चलेका संस्कार भनेर आँखा चिम्लिर  मान्दै आएका छौँ । पहिले र अहिलेको समयलाई तुलना गर्ने हो  भने देशमा साक्षरता दर प्रत्येक वर्ष बढ्दो छ । तर मानिसको चेतनास्तर भने जहाँको तहीँ छ । अहिले पनि कैयौँ महिलाहरू दाइजो नल्याएको निहुँमा मारिएका छन् । विहेमा दाइजो दिनै  पर्छ भन्ने एक किसिमको बाध्यता र अन्धविश्वास किन शिक्षित मानिसमासमेत हट्न सकेको छैनहोला  ? यस्तै धर्मका नाममा देउकी र कुमारी प्रथाले ती बालिकाको कलिलो मष्तिस्कमा कस्तो असर पर्छहोला । बोक्सीको नाममा कैयौँ महिलालाई गरेको अमानवीय व्यवहारले तिनीहरूको मनोविज्ञानमा कस्तो असर पर्छहोला ? पक्कै पनि नकारात्मक असर पर्छ । 
हाम्रो जस्तो अल्प विकिसित देशमा यस्ता अन्धविश्वासकै कारण मानिसको मष्तिस्कको  पनि विकाश नभएको पो हो कि ? अन्धविश्वास मानवजातिको सबैभन्दा ठुलो शत्रु हो । जसले मानवलाई सखाप पार्छ । मानवलाई सखाप पार्ने अन्धविश्वासलाई हामीले पहिले नै सखाप पार्न सकेनौँ   भने  हामी  कहिल्यै  माथि  उठ्न  सक्दैनौँ  । त्यसैले  यसलाई  हामीले  हाम्रो  समाजबाट  मात्र  होइन  देशबाटै  हटाउनु  जरुरी  छ  ।