Logo

Student Corner

कोरोना कहर

Written by: Nishan Shrestha - 25008, Grade IX

Posted on: 01 June, 2021

वि.सं.२०७७ साल वैशाख १५ गतेबाट सुरु भएको हाम्रो अनलाइन  कक्षा वि.सं .२०७७ मङ्सिरसम्म चल्यो । अनलाइन  कक्षाको फरक अनुभव पनि गरियो   । अनलाइन कक्षा पढ्न म एकदम उत्साही थिएँ । पहिलो दिन  परिचयको दिन थियो । दोस्रो दिनदेखि पढाइ सुरु भयो। इन्टरनेट तथा मोबाइल, कम्प्युटरको सहायताले पढ्दा बेग्लै अनुभव हुँदोरहेछ। कक्षा समयमा सर, म्यामहरूको बत्ती  गएको बेला हामी गफ गर्थ्यौं । केही साथीहरू   गीत पनि गाउँथे । हामी  मुर्छा परुन्जेल हाँस्थ्याै साथीहरूसँग हाँस्दा बाेल्दा निकै खुसी  लाग्थ्यो । प्रविधिले मानिसका हरेक कामलाई सहज गराइदिएको छ । 
२०७७ साल जेठ ३ गते मेरो बुवा दुबइबाट आउनुभयो। कोरोनाको महामारी थियो त्यसैले उहाँ ३ दिन एयरपाेर्टमा बस्नुभयो । बुवा घर आएपछि राम्राेसँग नुहाउनुभयो । त्यसपछि हामीले बुवासँग कुराकानी गर्‍यौँ । करिब  एक हप्तापछि बुवालाई १०१ डिग्री ज्वराे  आयो। हामी खुबै आत्तियाैँ । त्यतिबेलाकाे  परिस्थितिले हामीलाई अत्यायो । हामी हतार हतार अस्पताल गयाैँ र बुवाले कोरोना चेक गराउनुभयाे । दुई दिनपछि रिपाेट आयो । रिपाेट नेगेटिभ रहेछ । हामीले लामो सास फेर्‍यौँ । विदेश र यहाँकाे हावापानी फरक परेकाले ज्वराे आएको रहेछ । पहिले ज्वरो आएको सामान्य हुन्थ्यो भने त्यति बेलाको परिस्थितिले हामी आत्तियाैँ । सामान्य ज्वराेले हाम्राे हाेसै हरायाे । हाम्रो मात्र होइन एउटा सानो कोरोनाले दुनियाको निद्रा बिगा ऱ्याे । त्यसपछि आरामले सुत्याैँ ।
वि.सं.२०७७ पौषदेखि हामी भौतिकरूपमा विद्यालय गयौँ । दोस्रो त्रैमासिक परीक्षा पनि दियौँ । पहिले जस्तै विद्यालयमा  पठनपाठन भयो । केही समयपछि   वि.सं.२०७७ चैतको अन्त्यतिरबाट सुरुभएको हाम्रो वार्षिक परीक्षा वि.सं.२०७८ वैशाखको पहिलो हप्तामा सकियो । अब भौतिकरूपमै पढ्न पाइने कुराले मलगायत सबै साथीहरू एकदमै उत्साहित थियौँ । जे नहुनु थियाे त्यही भइदियाे । पुनः काेराेनाकाे दाेस्राे सङ्क्रमण आएकाले हामी फेरि वि.सं.२०७७ सालमा जस्तै अनलाइन पढ्न बाध्य भयाैँ । अहिले हाम्राे अनलाइन कक्षा चलिरहेकाे छ । परिस्थिति पुरानै दाेहाेरिएकाे छ ।