Logo

Student Corner

नेपालको प्राकृतिक सम्पदा

Written by: Prabal Dawadi - 29020, Grade V

Posted on: 01 June, 2021

नेपाल प्राकृतिक सम्पदाले धनी देश हो । नेपाल सानो भए तापनि प्राकृतिक सम्पदाले भरिएको छ ।  नेपालमा विश्वका अग्ला हिमालमध्ये आठवटा हिमालहरु रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित छ । यसको उचाइ ८८४८.८६ वर्ग मिटर  रहेको छ। नेपालमा  बाक्लो वनजङ्गल रहेको छ । हरियो वनलाई नेपालको धन पनि मानिन्छ। नेपालमा विभिन्न प्रजातिका जीवजन्तु र वनस्पति पाइन्छन्। विश्वमा दुर्लभ रहेका वनस्पतिहरू पनि नेपालमा रहेका छन। यार्सागुम्बा जस्तो बहुउपयोगी वनस्पति पनि यहाँ रहेको छ। नेपालमा विश्वका दुर्लभ जीवहरु जस्तै एकसिंगे गैंडा, कस्तुरी मृग,अर्ना भैंसी,नील गाई, पाटे बाघ आदि पाइन्छन्। नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर र डाँफे हो। नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश हो। नेपालमा ६ हजार भन्दा बढी नदीनाला हरु रहेका छन्।नेपालमा विभिन्न खानीहरु पनि रहेका छन्। नेपालमा विभिन्न जडिबुटीहरू जस्तै हर्रो,बर्रो,इमली,पदमचाल,पाँचऔले,जटामसी,चिराइतो आदि रहेका छन्। यी जडिबुटीहरू विभिन्न रोगको उपचार गर्न प्रयोग गरिन्छन्। यसरी नेपाल सानो भएपनि प्राकृतिक सम्पदाले भरिपूर्ण छ।