Written by: Sonam Sunner - 27017, Grade VII
Posted on: 31 May, 2021
के आयाे याे चारैतिर
डरमात्रै फैलाउँदै
विश्वभरि धेरै डुल्याे
आतङ्क मच्चाउँदै ।
सबैले हिड्न थाले
मुखमा माक्स लगाएर
तै पनि फाेक्साे चुस्छ
लुक्दै भित्र गएर ।
टिभी हेर्दा डर पर्याे
जीउ काप्याे मन के भयाे ?
समाचार आउँछ मान्छे मरेकाे
नदेखिने भाइरसले खै के गरेकाे ?
शान्त नहुँदै फेरि आयाे
हल्ला खल्ला गरी
सावधानी अपनाउँ
घमण्ड नगरी ।।