Logo

Student Corner

लैङ्गिक समानता

Written by: Bipana Shrestha - 24002, Grade X

Posted on: 30 May, 2021

लैङ्गिक समानता भनेको महिला र पुरुषबिच हुने समान व्यवहार हो । महिला र पुरुषलाई समान अवसर, जिम्मेवारी, अधिकार, स्रोत-साधन आदिकाे समान वितरण हुनु नै लैङ्गिक समानता हो। अर्काे अर्थमा महिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र स्वतन्त्र छ भन्ने मान्यता नै लैङ्गिक समानता हो । 
लैङ्गिक समानताले महिला र पुरुषबिच हुने विभिन्न किसिमका अवसर अधिकार सामाजिक मूल्यमान्यता आदिमा सहजता ल्याउने काम गर्छ । कतिपय देशहरूमा लैङ्गिक समानताकाे अभावमा महिलाहरूकाे राज्यका साथै सरकारी र गैरसरकारी कुनै पनि निकायमा उनीहरूकाे अस्तित्व सुरक्षित छैन । लैङ्गिक समानता जीवनलाई अगाडि बढाउने महत्त्वपूर्ण हिस्सा हो । लैङ्गिक समानता प्राप्तिका लागि महिला सशक्तीकरण आवश्यक पर्दछ ।
लैङ्गिक समानता विकाससँग पनि सम्बन्धित छ । राष्ट्रकाे चाैतर्फी विकासका लागि पनि लैङ्गिक समानता महत्त्वपूर्ण पाटाे हाे । घर परिवारदेखि लिएर समाज र राज्यमासमेत यसकाे उपस्थिति बलियाे भयाे भने  सबैका विचार र भावना समेटिन्छन् । पुरुष र महिलाको जीवनमा सबै पक्षमा समान अवसर, अधिकार र जिम्मेवारी छन्। जब दुवै लिङ्ग शक्ति र प्रभावको बाँडफाँडमा समान रूपले साझेदारी गर्न सक्षम हुन्छन्, तब पुरुष र महिलाबिच समानता हुन्छ ।