Logo

Student Corner

चरी

Written by: Rushina Tamang - 26008, Grade VIII

Posted on: 30 May, 2021

घाम आयो, रात गयो
आकाश कालोबाट निलो भयो
चरीको चिरबिरमा उज्यालो भयो
सबैकाे आँखा खुल्यो। 

चल्लाहरू उडाउन थाले
 ठुलो स्वरले कराउन थाले
 पालै पालाे
उनीहरूले आफ्नो पहिलो उडान लिन थाले। 

सबैजनाले उडान लिए
 सबै आमाको पछि लाग्दै थिए
उडान पाएर  खुसी थिए
किनकी चल्लाहरू पहिलाेपटक उडेका थिए ।

चल्लाहरू उडेको झ्यालबाट हेर्छु
म आफ्नो पहिलो उडानको बारेमा सोच्छु
छिट्टै धर्तीलाई छोडेर चन्द्रमामा जाने इच्छा गर्छु
यही साेचमा म सधैँ हराउँछु ।

चरीजस्तै म पनि उड्न चाहन्छु
म पनि छिट्टै आकाश छुन चाहन्छु
छिट्टै मेरो उडान लिन चाहन्छु
म आफ्नो सपना साकार गर्न चाहन्छु।