Logo

Student Corner

गाैतम बुद्ध

Written by: Livana Karmacharya - 30013, Grade IV

Posted on: 30 May, 2021

गौतम बुद्ध बौद्ध धर्मका प्रवर्तक हुन्।  गौतम बुद्ध विश्वभर परिचित छन्। उनको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन  भएको हो। उनको बुबा शुध्दोधन तिलौराकोटका  राजा थिए।उनकी आमाको नाम मायादेवी थियो। मायादेवी आफ्नो माइत जाँदै गर्दा लुम्बिनीमा आराम गर्ने क्रममा  गौतम बुद्धको जन्म भयो। उनी शाक्य वंशमा जन्मिएका थिए। उनी सुखसयलमा हुर्किए । गौतम बुद्धको वास्तविक नाम शिध्दार्थ गौतम थियो। उनको विवाह यशोधरा नाम गरेकी स्त्रीसँग भएको हो। उनलाई दु: ख के हो?  मानिस कसरी बुढो हुन्छ? रोगी किन हुन्? भन्ने केही थाहा थिएन। उनी सानो हुँदा ज्याेतिषले जोगी भएर हिँड्छ भनेका थिए । त्यसैले राजाले कहिल्यै पनि बाहिर जान दिँदैनथे। तर एक दिन उनले जे कुरा नदेखुन भनेका थिए ;त्याे सबै देखे। एक दिन गौतम बुद्ध आफ्नो राजपरिवार छाडेर भारतको गया भन्ने ठाउँमा पुगे। उनले धेरै दुःख कष्ट झेल्नु पर्याे। उनले धेरै समयसम्म कडा तपसया गरे। अन्तिममा भारतको बोधगया भन्ने ठाउँमा बुद्धत्व प्राप्त गरे।असी वर्षको उमेरमा उनको मृत्यु भयो भनिन्छ। आज विश्वभरी उनलाई भगवान् गौतम बुद्ध भनेर चिनिन्छ।