Logo

Student Corner

गुरु

Written by: Arwin Tandukar - 30005, Grade IV

Posted on: 27 May, 2021

मानिसका जीवनमा गुरुहरूको महत्वपूर्ण भूमिका हुन्छ । मानिसकाे पहिलो गुरु आफ्नी आमा हुनुहुन्छ । आमाले आफ्ना बच्चाहरूलाई बोल्न, खेल्न, हिँड्न, पढ्न आदि सिकाउनुहुन्छ । त्यसैले आमा नै हाम्रो पहिलो गुरु हुनुहुन्छ । आमाले परिवारमा राम्रा काम र राम्रा-नराम्रा कुराहरू छुट्याउन सिकाउनुहुन्छ । विद्यालय गएपछि पनि त्यहाँ धेरै गुरु र गुरुआमा हुनुहुन्छ । विद्यालयका गुरु र गुरुआमाहरूले विद्यार्थीलाई राम्रा राम्रा कुराहरू सिकाउनुहुन्छ र भविष्यमा असल व्यक्ति बनाउनका लागि सधैँ तत्पर रहनुहुन्छ । गुरुले विद्यालयमा विभिन्न विषयका कुराहरू सिकाउनुहुन्छ । नेपाली विषयको गुरुले नेपाली विषयकै, गणित विषयको गुरुले गणित विषयकै, नृत्य गुरु तथा संगीत गुरुले पनि आफ्नै विषयका कुराहरूका ज्ञान दिनुहुन्छ । मलाई नेपाली र गणित विषय धेरै मन पर्छ ।