Logo

Student Corner

पुस्तक समीक्षा ःबाबालाई ढिलो भाे

Written by: Somanshu Rajbhandari - 32018, Grade II

Posted on: 27 May, 2021

‘बाबालाई ढिलो भो’ कथा पढेर मलाई धेरै रमाइलो लाग्यो । यस कथामा ८ बजिसकेकाे हुन्छ । बाबालाई अफिस जान ढिलाे भइरहेको हुन्छ । बाबा हतार हतार उठ्नुहुन्छ । बाबाले हतार हतार दाँत माझ्नुहुन्छ । हतार हतार मुख धुनुहुन्छ र लुगा लगाउनुहुन्छ । दिदीले बाबाको घडीले ल्याइदिनुहुन्छ । आमाले बाबाको लागि नास्ता तयार गरेर मद्दत गर्नुहुन्छ । यस कथाकी नानी पनि बाबालाई मद्दत गर्न चाहन्छिन् । उनले बाबालाई कसरी मद्दत गर्न सकिन्छ भन्ने साेच्छिन् । उनले बाबाको खानेकुरा खाइदिएर बाबाको मद्दत गर्न सक्ने कुरा थाहा पाउँछिन्  ।