Logo

Student Corner

उत्पीडन

Written by: Krituka Sapkota - 25005, Grade IX

Posted on: 26 May, 2021

उत्पीडनले हिंसा या अरूमाथि गरिने अभद्र व्यवहार भन्ने बुझिन्छ । उत्पीडनलाई अपमानजनक व्यवहार मानिन्छ । उत्पीडन जस्ताेसुकै र जहाँसुकै हो‍‌ओस् याे आजकाे गम्भीर समस्या हाे । उत्पीडन केवल शारीरिक मात्र होइन मनोवैज्ञानिक र सामाजिक उत्पीडन पनि हुनसक्छ । उत्पीडनको शिकार जाे पनि र जुनसुकै उमेरका व्यक्ति पनि हुन सक्छन्।
उत्पीडन जुनसुकै स्थानमा पनि हुन सक्छ -: विद्यालय, समाज, समुदाय,  धार्मिक स्थल, यातायात वा जुनसुकै सार्वजजनिक स्थल । आफू उत्पीडित  हुँदा पनि हाम्रो समाजमा धेरैले आवाज उठाउँदैनन् । महिला मात्रै होइन पुरुष पनि उत्पीडनको शिकार भएका प्रशस्त घटना हामीले सुन्दै र देख्दै आएका छाैँ । कुनै पनि व्यक्ति आफ्नै परिवारबाट  उत्पीडनककाे शिकार हुन सक्छन् । आफ्नै नजिकैको नातेदारबाट पनि उत्पीडनमा परेका हुन सक्छन् । आफ्नै दाजु, भाइ वा आफन्त र छरछिमेकबाट पनि  उत्पीडनकाे  शिकार भएका‌ छन् ।
कसैको अपमान गर्नु , तर्साउने काम गर्नु, मौखिक रूपमा दुर्व्यवहार‌ गर्नु उत्पीडन हो । यस प्रकारको उत्पीडनले मानिसको मानसिकतामा नराम्राे असर गर्दछ । उत्पीडनले मानिसको मानिसक अवस्था बिग्रन सक्छ। जसकाे कारण मानसिक रोगहरू पनि लाग्न सक्छन्। शारीरिक उत्पीडन भनेको इच्छा विपरीत कसैले हाम्रा शरीरका संवेदनशील अङ्गहरू छुनु हाे । शारीरिक उत्पीडनले मानिसमा भय सिर्जना गर्छ । यस्तै समाजमा जात, धर्म आदिलाई लिएर कैयाैँ मानिस उत्पीडनकाे शिकार भएका छन् । यसले उनीहरूमा मनाेवैज्ञानिक असर गरेकाे छ । उत्पीडनकै कारण कतिपय मानिस आत्महत्या गर्न विवश छन् । अनावश्यक डर , धम्की र त्रासले आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा  यसरी मानिस मृत्युकाे शिकार हुन पुग्छन् । 
सामाजिक सञ्जालकाे बढ्दाे प्रयाेग र  यसकाे दुरूपयाेगले पनि धेरै  मानिस उत्पीडनकाे शिकार  भएका छन् । नेपालकाे सन्दर्भमा कुरा गर्दा महिला उत्पीडन बढ्दाे रूपमा छ । महिलाले विभिन्न घरायसीलगायत अनेक उत्पीडन भाेग्नु परेकाे छ । पितृसत्तात्मक नेपाली समाजमा नारीका उत्पीडनका व्यथा गाउँदेखि सहरसम्म फैलिएका छन् । आफ्नाे हक अधिकार र अन्यायका विरूद्ध कानुनीरूपमा आवाज उठाउन सक्ने हाे भने पक्कै पनि यस्ता उत्पीडन सहेर बस्नु पर्दैन ।