Logo

Student Corner

२०७७ साललाई फर्केर हेर्दा

Written by: Sakshyam Karna - 26013, Grade VIII

Posted on: 26 May, 2021

नयाँवर्ष घर परिवारहरू मिलेर रमाइलो गर्ने दिन थियो ।  दुर्भाग्यवश सरकारले चैत्र१० गतेदेखि नै लकडाउन गरेको थियो  तर त्यो सबै हामी जनताहरूको स्वास्थ्यलाई मध्यनजर गरेर गरिएको कदम थियो । अघिल्ला वर्षहरूमा त हामी घरपरिवारहरू सँग मिलेर नयाँ ठाउँहरू घुमेर मिठा परिकारहरू खाएर मनाउन पाएका थियाैँ   तर यो वर्ष भने काेराेनाका कारणले गरिएको लकडाउनका कारणले हामी सुरक्षित मापदण्ड अपनाएर घरमै घरमै बसी नयाँ वर्ष मनायाैँ ।  सुरुमा त सरकारले एक हप्ताको लागि भनेर लकडाउन गरेको थियो ।  कोरोनाका कारण झन् पछाडि छन् डरलाग्दो अवस्था हुँदै गएका कारणले सरकारले लकडाउनको अवधि थप गर्दै गयो  । त्यसैले २०७७साल  डरै डरका बिचमा बित्याे।

हाम्रो विद्यालयले हामी विद्यार्थीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर समयमा नै अनलाइन कक्षाको सुरुवात गर्‍याे । सरकारी पक्षबाट अनलाइन कक्षा लिन नपाउने र अनलाइन कक्षा नाममा शुल्क पनि लिन नपाउने भन्ने जुन नियम जारी गर्‍याे यसले गर्दा केही समय अनलाइन कक्षामा अन्याेल  देखियो  तर पनि हामीले सरकारको नियमलाई उल्लङ्घन गर्दै अनलाइन कक्षा लियाैँ । अनलाइन कक्षा लिने क्रममा हामीले विद्युतीय सञ्चारहरू राम्रोसँग चलाउन सिक्याैँ र नयाँ-नयाँ स्लाइड बनाउने, अनलाईनमार्फत परियोजना कार्य गर्नेजस्ता नयाँ नयाँ कामहरू पनि गर्न सिक्याैँ  ।  यस्तो अप्ठेरो परिस्थितिमा सबैभन्दा उत्तम  अनलाइन कक्षा नै रहेछ भन्ने कुरा पनि यसैबाट थाहा भयो ।  चार्डपर्व भनेपछि हामी सबैका लागि अत्यन्त खुसीको क्षण  तर यो वर्षका चार्डपर्वहरू पहिलेको जस्तो रमाइलोसँग बिताउन पाइएन ।  बितेका वर्षहरूमा दसैं, तिहार, तीजजस्ता धेरै चाडपर्वहरू धेरै ठाउँमा घुमेर आफन्तहरूसँग भेटघाट भएर मिठा परिकारहरू खाएर चङ्गा उडाउँदै पिङ खेल्दै रमाइलोसँग बिताउन पाइन्थ्यो  तर यो वर्षको चाडपर्व घरमै बाबा आमा र आफ्नै दाजु दिदीसँग बसेर मनाइयो ।  फागुनदेखि विद्यालयले  भौतिक रुपमै कक्षा सञ्चालन गर्ने सूचना जारी गर्‍याे ।  नयाँ विद्यालयमा एकपटक पनि पाइला चालेको थिएन अनलाइन कक्षाबाटै शिक्षक र साथीहरूलाई चिन्ने मौका पाएको थिएँ ।  अब विद्यालयमै गएर शिक्षा लिन पाउनेभन्दा मलाई अत्यन्त खुसी लाग्यो ।  विद्यालय पनि सुरु भयो ।   विद्यालय गएर साथीहरूले मलाई गरेको माया अनि शिक्षकहरूले बालमैत्री वातावरणमा शिक्षा दिनु भयो त्यसले गर्दा मलाई विद्यालय साह्रै मन पर्‍याे ।  पहिलेको विद्यालय जान मलाई त्यति मन लाग्दैन थियो तर नयाँ विद्यालयमा गएपछि कतिबेला विद्यालय जानेबेला हालाजस्तै लाग्थ्यो ।  विद्यालय गएर पढेको समय पनि छोटो लाग्थ्याे ।  केहीसमय विद्यालयमा शिक्षा लिन पाएपछि वर्षको अन्त्यतिर विद्यालयले  वार्षिक परीक्षा गर्‍याे । नतिजा पनि वितरण गर्‍याे ।  म कक्षा ७ बाट कक्षा ८ मा गएँ । 

 वैशाख १६गतेबाट नयाँ शैक्षिकसत्र सुरुवात हुने कुरा थियो ।  तर विद्यालय जाने दिन गन्दागन्दै फेरि पनि कोरोनाको महामारी सुरु भयो ।  यसपटकको काेराेना पहिलाकोभन्दा धेरै डरलाग्दो भएको कुरा धेरै मानिसहरूको मृत्यु हुने र भुसको आगोझैँ कोरोना धेरै फैलिने घटनाबाट सबैलाई थाहा भयो ।  पहिले पहिलेभन्दा निकै डर लाग्न थाल्याे ।  फेरि पनि विद्यालयले अनलाइन कक्षाको  सुरुवात गरेको छ   तर के गर्नु यसको विकल्प अरू केही हुन सकेन । त्यसैले फेरि पनि म  विद्यालय जाने दिनको प्रतीक्षामा छु ।  कहिले जान पाइन्छ ?  थाहा छैन  तर समग्रमा २०७७ साललाई फर्केर हेर्दा त्यति खुसीयाली साल रहन सकेन । २०७७ साल त्रासका बिचमा घरमा नै  बसेर बित्यो ।