Logo

Student Corner

म कता हराएँँ?

Written by: Jiya Sapkota - 25003, Grade IX

Posted on: 23 May, 2021

आफ्नै देशको  माटोमा  बढेँ हुर्किएँँ ,
त्यही माटोको मोल तोकी विदेश सुर्किएँँ ।
देशकाे माया गर्छु भनी  फुर्ती देखाएँ ,
बाचा कसम खाएर म कता हराएँ ?

इज्जत मान राख्छु भनी झुटा सपना देखाएँ ,
रातभरि नाचेर म भट्टिमै रमाएँ ।
समाजलाई दोषी भनी ‌औँला उठाएँ ,
बाचा कसम खाएँर म कता हराएँ ?

अङ्ग्रेज ! अङ्ग्रेज  ! ! भनी म चिच्याएँ र कराएँ ,
त्यही मुलुकमा गई मैले प्राण बचाएँ ।
विकास गर्न  खाेज्नेलाई हप्काएँ र दप्काएँ ,
बाचा कसम खाएर म कता हराएँ ?

आमा बाबा परिवार नसोचेरै पराइ आफ्नाे बनाएँ ,
आफ्नो मात्र भलाे सोची  म उतै लर्बराएँ ।
राष्ट्रसेवक बन्छु भनी  सपना देखाएँ ,
बाचा कसम खाएँर म कता हराएँ ?

मेरै कारणले  देशकाे मुटु दुख्याे कि ?
सबको साथ नपाएर मनै फुट्यो कि ?
देशको इज्जत बचाउन  धेरै डराएँ ,
बाचा कसम खाएर म कता हराएँ ?