Logo

Student Corner

पशुपतिजात्रा पुस्तककाे सारवस्तु

Written by: Yalam Dev Pradhan - 28014, Grade VI

Posted on: 23 May, 2021

काठमाडौँ उपत्यका हरिया चौर जङ्गलले ढाकिएको थियो । गोठालाहरू त्यहाँका चौर र जङ्गलमा गाई चराउन लैजान्थे । उनीहरू एक जनालाई नाइके बनाएका थिए । नाइकेका धेरै गाई थिए । ती गाईमध्ये एउटी गाईको नाम कामधेनु थियो । कामधेनुले धेरै धेरै दुध दिन्थिन् । 
एक दिन कामधेनुले दुध दिइनन् । गोठालाले सबै गाई दुहे  तर कामधेनुको दुधै आएन । गोथालालाई आश्चार्य लाग्यो । कुनै बाच्छाले पो दुध चुस्यो कि ? उनले त्यसको कारण पत्ता लगाउने विचार गर्‍याे  । अर्को दिन गाई चराउन जाँदा गोठाला गाईको पछि लाग्यो । नदीका किनारमा पुगेपछि कामधेनु टक्क अडिइन् । त्यहाँ ढङ्गाको थुप्रो थियो । कामधेनुका थुनबाट दुधका धारा बगे । कस्तो अचम्म! घर गएर गोठालाले नाइकेलाई यो कुरा भन्यो । गोठालाका नाइके त्यो दुङ्गाको थुप्रो भएको थाउँमा गए । उनी रिसाउँदै दुङ्गाको थुप्रो निकालेर फाले । दुङ्गाको थुप्रो निकाल्ना साथै एउटा ठुलो ज्वाला निस्केर नाइकेलाई ज्वाला भस्म गरिदियाे । त्यो ज्वाला हेर्न धेरै मान्छेहरू आए । त्यहाँ आएका जान्ने मान्छेले त्यो  ज्वाला भगवान पशुपतिनाथको हो भने । त्यो दिनपछि त्यो ज्वालाको लागि मन्दिर बनाए । त्यहाँ धेरै मान्छेहरू आउथे । सबै राजाहरूले मन्दिरलाई राम्रो बनाए । त्यसपछि पशुपतिमा पशुपति जात्रा मनाउन सुरु भयाे ।