Logo

Student Corner

डाँफे

Written by: Sambhabi Mainali - 31037, Grade III

Posted on: 23 May, 2021

डाँफे हाम्रो देश नेपालको राष्ट्रिय चरा हो । डाँफे विभिन्न रङमा पाइन्छन् । डाँफे पखेटाले उड्छ । डाँफेका दुईवटा आँखा हुन्छन् । डाँफे उडेर जताततै  पुग्न सक्छ । डाँफेले चारो खान्छ । डाँफेको टाउकोमा सिउर पनि हुन्छ । त्यसलाई कल्की भनिन्छ । डाँफेको एउटा चुच्चो हुन्छ । डाँफे चुच्चाेले खानेकुरा खान्छ । डाँफे हिमालमा बस्दछ । डाँफेलाई नौरङ्गी चरो पनि भनिन्छ । डाँफे मलाई मन पर्ने चरा हो ।