Logo

Student Corner

समयकाे महत्त्व नबुझ्दा

Written by: Smriti Lama - 25015, Grade IX

Posted on: 20 May, 2021

जीवन घाम छाँयाको यात्रा हो । छिन मै उज्यालो हुन्छ त छिन मै अँध्यारो । सन् २०२०  यस्तै अँध्यारो भयो । श्याम १४ वर्षको थियो। ऊ सिफल माध्यमिक विद्यालयमा पढ्थ्यो । श्यामकी आमाले ऊ ६ वर्षको हुँदा उसकाे उज्यालो भविष्यबारे सोचेर आफ्नो भारी मन आँखाभरि आाँसुका पोकाका साथै आफ्नो मुहारमा झुटो मुस्कान बोकेर उनी विदेश गएकी थिइन्। तर श्याम भने आमाको पीडा बुझ्दैनथ्यो। उसकी आमाले दिनरात नसुती नसुती आफ्नो रगत पसिना बगाएर उसकाे भविष्यबारे चिन्ता गरेको श्याम बुझ्दैनथ्याे।


ऊ ७ कक्षामा पढ्दै गर्दा चीनबाट उत्पत्ति भएकाे एउटा डरलाग्दो “कोभिड नाइन्टिन” भन्ने भाइरस बिस्तारै बिस्तारै विश्वभर फैलियो । याे महामारीले देशमा विद्यालय धमाधम बन्द हुन थाले । उसकाे विद्यालय पनि बन्द भयो । श्याम मामाघरमा हुर्केकाले ऊ सबैको लाड्ला थियो । महामारीकाे समय भएकाे हुनाले मामाहरूको सल्लाहअनुसार उसलाई आफूहरूसँगै राख्ने विचार गरे। ऊ पनि मामाघर जाने भनेपछि खुबै रमाउँथ्यो । कोरोना महामारीले गर्दा विद्यालय बन्द भएको धेरै समय भइसकेको थियो । सबै विद्यार्थी जस्तै उसलाई पनि विद्यालय अझै बन्द होऊन् भन्ने थियो । उसलाई त खान, लाउन र खेल्न पाए पुग्थ्यो । उसकाे परिवारलाई भने पढाइको चिन्ता थियो तर उसलाई पढ्ने भन्ने कुनै चासाे  थिएन। सबै विद्यार्थीका अभिभावककाे चाहना यो कोरोना हटेर बन्द विद्यालय छिट्टै खुलिदिए हुन्थ्यो भन्ने थियो । 


महामारीका कारण जनजीवन निकै कष्टकर थियो । तर श्यामकाे अवस्था भने रमाइलाे नै थियाे । सबै मानिसमा काेराेनाकाे त्रास हुँदा श्यामलाई कुनै त्रास थिएन । दिनदिनै विश्वभर हजारौँ मान्छेको मृत्यु भएको खबर उसले पनि थाह त पाउँथ्याे तर कुनै मतलब गर्दैनथ्याे । केही समयपछि उसकाे विद्यालयले घरबाटै पढ्ने अनलाइन कक्षा सुरुगर्‍यो । उसकाे मामाघरमा वाइफाइ नभएका कारण अनलाइन कक्षा लिन सकेन । उसकाे दोस्रो उपाय भनेकाे डाटाकाे माध्यमबाट कक्षा लिने । उसले त्यसाे पनि गरेन । उसलाई पढ्न मन नलागे पनि मार्क्सको भने चिन्ता थियो । जुन पढाइविना सम्भव थिएन ।
करिब आठ महिनापछि उसकाे विद्यालय खुलेकाले ऊ काठमाडौँ आउनुपर्‍यो । सबै साथीहरूले  लकडाउन अवधिभर गरेका कार्य देखेर ऊ  छक्क पर्‍यो । सबै साथीहरूले अनलाइनबाट धेरै कुरा  सिकेका रहेछन् । आफू साथीहरूभन्दा धेरै पछि परेकाे कुरा उसले महसुस गर्‍यो । अब ऊ पछुताउनुशिवाय अरू केही थिएन । बितेकाे समय अब मेरा लागि कहिले फर्केर आउनेछैन ऊ बास् .….….….….…।