Logo

Student Corner

स्वतन्त्रता

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 19 May, 2021

स्वतन्त्रता मानिसको नैसर्गिक अधिकार हो । स्वतन्त्रता भनेको बन्धन रहित जीवन हो । आफूले चाहेको जसरी गर्न पाउनु नै स्वतन्त्रता हो । स्वतन्त्रता हरेक प्राणीको जन्मसिद्ध अधिकार हो । मानिसहरूले बुझ्ने गरेको स्वतन्त्रता शारीरिक वा सांसारिक स्वतन्त्रता हो ।
संसारमा स्वतन्त्रताको नाम लाेकतन्त्र प्रजातन्त्र, गणतन्त्र आदि रहेकाे छ । स्वतन्त्रत वा स्वाधीन सबैभन्दा प्रिय हुन्छ । मानिस संसारमा प्राणीहरुको मध्येकाे सर्वश्रेष्ठ एवं चेतनशील प्राणी हो । त्यसैले ऊ कसैको बन्धनमा नरही आफूखुसी अनुरूप नै खान, बस्न, बोल्न र हिँडडुल गर्न मन पराउँछ । त्यसैले ऊ कुनै किसिमका बाधाबन्धन मन पराउँदैन । जसरी चराहरू आकाशमा बन्धनविना स्वतन्त्र उड्छन् त्यसरी नै मानिस पनि बन्धनविना जीवन बिताउन चाहन्छ । भाैतिक धनसम्पत्ति वा सुखसयल जे जति भए पनि मानिस स्वतन्त्र छैन भने त्यसले मानिसलाई सुख दिन सक्दैन । 
कतिपय शक्तिशाली राष्ट्रहरूले कमजाेर राष्ट्रलाई आफ्नाे वशमा पारी शासन गरेका कुरा हामीले सुन्दै र पढ्दै आइरहेका छाैँ । त्यस्ता देशका जनताले  स्वतन्त्रताविना कसरी सुखकाे अनुभूति गर्न सक्छन् र ? त्यस्तै नेपालमा पनि वि.सं. २००७ सालअगि निरङ्कुश राणाशासन भएकाले हामी नेपाली पनि स्वतन्त्र  थिएनाैँ । स्वतन्त्रताविनाकाे मानिसकाे जीवन भनेकाे पिँजडामा राखिएकाे सुगाकाे जीवन जस्तै  हुन्छ । 
पितृसत्तात्मक नेपाली समाजमा पुरुषकाे तुलनामा महिला स्वतन्त्र नभएकै कारण आज पनि नेपाली महिलाहरू हरेक क्षेत्रमा पछि परेका छन् । त्यस्तै  परिवारभित्र पनि छाेरा जत्तिकै छाेरी स्वतन्त्र छैनन् । याे हामी सबैले देखे भाेगेकै कुरा हाे । त्यसैले हामीले हाम्राे साेचाइ र व्यवहार परिवर्तन गर्न गर्न सक्याैँ भने विश्वका सबै मानिसले स्वतन्त्रता प्राप्त गर्नेछन् र याे नै सबैकाे सबैभन्दा प्रिय हुने छ ।