Logo

Student Corner

काेराेनाकालकाे अनुभव

Written by: Aavash Malla - 26001, Grade VIII

Posted on: 19 May, 2021

काेराेनाकाे उत्पत्ति चिनकाे बुहान सहरमा भएकाे हाे । सुरुमा यसले चिनमा धेरै जनधनकाे क्षति भयाे । चिनमा काेराेना भाइरस फैलिँदा अन्य देशकाे अवस्था सामान्य थियाे तर त्यतिबेला अन्य देशका मानिसले त्यसलाई हलुका रूपमा लिए । चिनमा दुःख दिएकाे याे भाइरसले विस्तारै विश्वका अधिकांश देशमा  हलचल मच्चाउन थाल्याे । भुसकाे आगाे झैँ याे विश्वका हरेक देशका फैलिएर मानवलाई एकाएक ध्वस्त पार्न थाल्याे ।

विस्तारै नेपाल र भारतमा पनि याे भाइरस फैलिन थाल्याे तर मानिसले यसलाई सामान्य रूपमा लिन थाले सरकारले लगाएका नियमहरू पालना नगरी यत्रतत्र हिड्न थाले । काेही काेही मानिसले त माक्स र स्यानिटाइजरकाे पनि प्रयाेग गर्दैनथे । काेराेनाबाट नडराई हिड्दा तिनै मानिससहरू राेगकाे सिकार हुनुपर्‍याे ।  जुन मानिस सचेत भएर घरमा नै बसे तिनीहरू सुरक्षित नै रहे । घरमा एकाेहाेराे बस्दा दिक्क सबैलाई लाग्छ तर सबैजना परिस्थिति हेरेर बाहिर निस्किनुपर्छ ।  काराेनाकाे समयमा म घरमा नै बसेँ र अनलाइन कक्षा लिएँ । अनलाइन कक्षा लिनु पनि भनेजस्ताे सहज रहेन । कहिले मेराेमा इन्टरनेटकाे समस्या त कहिले शिक्षककाेमा समस्या देखिने । यस कारणले हामी सबैकाे कक्षा अवरुद्ध हुन्थ्याे  तर हामीले सिक्ने माध्यम भनेकाे अनलाइन कक्षाबाहेक अर्काे विकल्प थिएन । 

लामाे समयमाे घरकाे बसाईँले दिक्क लागेकाे थियाे । त्यसै बिचमा हाम्राे विद्यालय खुल्ने समाचार आयाे । काेराेनाकाे डर पनि मन्द भएकाे थियाे । खाेप पनि आएकाे थियाे । हामी विद्यालय गएर अध्ययन पनि गर्न थालेका थियाैँ । वार्षिक परीक्षा पनि भएर हामी घरमै बसेका थियाै । भारतमा फेरि दाेस्राे लहरकाे सङ्क्रमण बढ्न थाल्याे । विस्तारै नयाँ खालकाे यस भाइरस हाम्राे देशमा पनि प्रवेश गर्‍याे । अहिलेकाे अवस्था पहिलेभन्दा डरलाग्दाे बन्न पुगेकाे छ । फरि पनि  अनलाइन कक्षा सुरु भएकाे छ । हामी विद्यार्थी भने विद्यालय जाने दिनकाे प्रतीक्षामा बसेका छाैँ । कहिले सहज स्थिति आउने हाे भन्न सक्ने अवस्था भने छैन ।