Logo

Student Corner

घुम्ने मेचमाथि अन्धो मान्छे: सङ्क्षिप्त चर्चा

Written by: Bipana Shrestha - 24002, Grade X

Posted on: 18 May, 2021

नेपाली साहित्यमा आफ्नो बेग्लै पहिचान बनाएका भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहले उनको भिन्न शैली, अभिव्यक्तिका भिन्न आयामलाई प्रतिनिधित्व गरेको छ । सरल शब्दमा गहन कुरा पाठकलाई बुझाउन सक्नु उनको मुख्य विशेषता हो जुन कुरा  उनकाे ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहमा देख्न सकिन्छ ।  घुम्ने मेचेमाथि अन्धो मान्छे भूपि शेरचनकाे उत्कृष्ट कविता सङ्ग्रह हो । भूपि शेरचनले यी कविताहरू त्यतिबेलाका राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक र सामाजिक परिवेशलाई आधार मानेर लेखेका छन् । 
 भूपि लेख्छन :
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
यस कविताले बोकेको भाव र बिम्ब अहिले पनि निकै सान्दर्भिक छ ।
घुम्ने मेचमाथि अन्धो मान्छे कविताले देशको राजनीति, समाज अनि राजनीतिक दल र हाम्रो जीवन्त चित्रण गरेको अनुभूति हुन्छ। भूपिका कविताले विगतदेखि वर्तमानसम्मको समयको प्रतिनिधित्व गरेकाे छ । भूपिकाे ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ व्यङ्ग्यात्मक चेत भएको अमर कविता हो । शीर्षक नै आफैंमा सिङ्गो कविता छ । राजनीतिक व्यङ्ग्य भरिएको यो कविताले त्यतिबेलाका शासक र मठाधीशहरूलाई कडा व्यङ्ग्य प्रहार गरेको छ । योग्यता नभएकाहरूको देशका शासक बनेका छन् । देशमा बढ्दाे गरिबी बेथिति भ्रष्टाचार राजनितिक बेइमानी गर्ने शासककका लागि याे गतिलाे झापड हाे । सौन्दर्यका हिसाबले पनि यो कविता सूक्तिमय र लयात्मक छ । उनका कवितामा सङ्गीत पाइन्छ । गद्य कविता भए पनि पद्यमा लेख्ने मैं हुँ भन्नेहरूका भन्दा पनि मिठो र शक्तिशाली छ ।