Logo

Student Corner

कोलोम्बियाबारे एक चर्चा

Written by: Anushka Basnet - 24001, Grade X

Posted on: 17 May, 2021

दक्षिण अमेरकामा अवस्थित कोलम्बिया निकै सुन्दर देश हो । यसका केही भूभागहरू उत्तर अमेरिकामा पनि पर्दछन् । कोलोम्बियालाई दक्षिणमा क्यारिबियन सागर, दक्षिण पश्चिममा पानामा, उत्तरमा इक्वादोर र पेरू, पूर्वमा भेनेजुएला, उत्तरपूर्वमा ब्राजिल र पश्चिममा प्रशान्त महासागरले घेरेको छ । कोलोम्बिया ३२ वटा विभागहरू मिलेर बनेको छ भने देशको राजधानी जिल्लाका साथसाथै सबैभन्दा ठुलो सहर बोगोता हो । इस्ला दे मालपेलो, कायो रोन्कादोर, ब्लाङ्को सरेनासहित देशको क्षेत्रफल ११,४१,७४८ वर्ग किलोमिटर (४,४०,८३१ वर्ग माइल) रहेको छ । कोलोम्बिया दक्षिण अमेरिकाको पेरू, ब्राजिल र अर्जेन्टिना पछिको चौथो ठुलो राष्ट्र हो । यो विश्वको २५औँ ठुलो राष्ट्र हो भने स्पेनी भाषी राष्ट्रहरूमध्ये यो चौथो ठुलो देश हो । अमेरिकी देशहरूमध्ये यो ७औँ ठूलो राष्ट्र हो । यसले क्षेत्रीय समुद्रमा १२ माइल टाढा सम्म आफ्नो क्षेत्र रहेको दावी गरेको छ जसले गर्दा भेनेजुएला र निकारागुआसँग यसको सीमा विवाद रहेको छ । प्रशान्त महासागरको समुद्री तट र क्यारिबियन समुद्र मार्फत आन्ध्र महासागरमा पहुँच पहँच भएकाे यो दक्षिण अमेरिकाको एक मात्र राष्ट्र हो । 
अहिले यो सुन्दर राष्ट्र युद्धभूमिमा परिणत भएको छ। कोलम्बियामा अपराधको सङ्ख्या निकै बढेको छ । आतङ्कवादीहरूको सङ्ख्या पनि तीव्र गतिमा बढेको छ ।  अहिले नागरिकहरू सडकमा सरकार विरुद्ध आन्दोलन गरिरहेका छन् । यसले गर्दा देशका सैनिकहरूले देशका नागरिकको हत्या गरिरहेका छन् । यति मात्रै नभई सैनिकहरूले त्यहाँका महिलाहरूलाई अभद्र व्यवहार गरेका छन् ।  याे राष्ट्र पनि म्यानमार जस्तै आन्तरिक गृहयुद्धमा रुमलिएकाे छ । एकातिर सैनिक त अर्काेतिर आतङ्कवादीहरूको चपेटामा परेका त्यहाँका जनताहरू शासकप्रति आक्राेशित छन् ।
स्रोत: सामाजिक सञ्जाल