Logo

Student Corner

पुस्तकालय

Written by: Aayaan Rai - 31006, Grade III

Posted on: 17 May, 2021

पुस्तकहरू राख्ने ठाउँलाई पुस्तकालय भनिन्छ । पुस्तकालयमा विभिन्न किसिमका पुस्तकहरू हुन्छन् । पुस्तकालयमा गएर आफूलाई मन पर्ने किताब पढ्न पाइन्छ । मेरो विद्यालयमा पनि पुस्तकालय छ ।  त्यहाँ विभिन्र किसिमका धेरै पुस्तकहरू छन् । हामी शिक्षिकाहरूसँग पुस्तकालयमा गएर आफूलाई मन पर्ने किताब पढ्छाैँ । पुस्तकालयमा हो-हल्ला गर्न पाइँदै‍न । पुस्तकालय शान्त र सफा हुनुपर्छ । मलाई पुस्तकालयमा गएर नयाँ-नयाँ किताबहरू पढ्न मन पर्छ ।