Logo

Student Corner

समयनिष्ठ

Written by: Sarjan Waiba Tamang - 24009, Grade X

Posted on: 16 May, 2021

समयनिष्ठ हुनु भनेकाे तोकिएको समयभन्दा पछाडि नहुनु हो । हामी सबै समय सीमामा बाँधिएका छाैँँ । समयनिष्ठ विद्यार्थी समयमै विद्यालय आउँछ अध्ययन पनि राम्ररी गर्छ किनकि ऊ समयनिष्ठ छ । जब ऊ हुर्किदै जान्छ तब ऊसँग उही उत्कृष्ट विशेषताहरू हुन्छन् । समयनिष्ठ भनेको समयको पालक पनि हो । समयनिष्ठ मानिसले नै  समयको   सही सदुपयोग गर्न सक्छ ।  समयनिष्ठ  मानिस जीवनका हरेक खुड्किला सजिलै पार गर्दै जान्छ   ।  देशका सबै कर्मचारी, नेता , शासक , प्रशासकलगायत सबै समयनिष्ठ हुने हो भने देशको  विकाशसमेत समयनिष्ठ हुन्छ ।

समयनिष्ठ विद्यार्थी, कलाकार, पत्रकार, वकिल, डाक्टर, साहित्यकार, वैज्ञानिक नै सफलताकाे शिखरमा पुगेका छन् ।  समयकाे सही सदुपयाेग र यसकाे पालक नै समयभन्दा बढी बलबान् छन् । यदि कसैले आफ्नाे व्यक्तित्व निर्माणमा सफलता पाएकाे छ भने त्याे पक्कै पनि समयनिष्ठ छ भन्ने कुरा बुझ्नुपर्छ । समयनिष्ठ व्यक्ति नै सफल  व्यावसायी बन्न सक्छ उद्याेगी र पुजीपति बन्न सक्छ  । समयनिष्ठ व्यक्तिले काम र समयको लागि आदर देखाउँछ। जब हामी समयनिष्ठ हुन्छाैँ तब जीवनमा अनुशासन र आदेश कायम हुन्छ । यसले हामीलाई निर्धारित समय अवधिको बिचमा आफ्ना लक्ष्यहरू छिटो प्राप्त गर्न मद्दत गर्दछ । 

समयनिष्ठ र अनुशासित व्यक्तिले सँधै आदर र सम्मान पाउँछ । उनीहरूलाई अभिभावक र शिक्षकहरूले पनि प्रशंसा गर्छन् । यो विद्यार्थीहरूको लागि पनि धेरै राम्रो कुरा हो। समयनिष्ठ व्यक्तिले आफ्नो समयलाई अझ बढी प्रभावकारी गर्न सक्दछ । समयनिष्ठ व्यक्ति सँधै  आफ्नो कर्तव्य पूरा गर्नमा तत्पर रहन्छ  ।