Logo

Student Corner

कोरोना भाइरस दोस्रो लहर

Written by: Yunil Ghimire - 24008, Grade X

Posted on: 13 May, 2021

अहिले विश्वव्यापी रूपमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । हाम्रो छिमेकी मुलुक भारतपछि नेपालमा पनि दोस्रो चरणको सङ्क्रमण द्रुतगतिमा बढिरहेको छ। वैशाखको अन्त्यसम्म आइपुदा दैनिक सङ्क्रमितको सङ्ख्या ८ / ९ हजार नाघिसकेको छ भने दैनिक २२५ भन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको छ । नेपालमा १८ वर्ष माथिका मानिसले कोभिडको पहिलो चरण र ६० वर्ष माथिका मानिसले दोस्रो चरणको खोप पनि लगाइसकेका छन् । खोप लगाएका मानिस पनि पूर्णरूपमा सुरक्षित भने छैनन् ।  दैनिक परीक्षण गरिएका ४० प्रतिशत मानिसमा सङ्क्रमण देखिन थालेको छ । यो भनेको ज्यादै चिन्ताजनक अवस्था हो ।

ठिक एक वर्षअघि जतिबेला बन्दबन्दी भयो त्यति बेला त्यति बेला नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या एकदम न्युन थियाे । कोभिडका कारण गत वर्ष ज्यान गुमाउने मानिसकाे सङ्ख्या अहिलेको तुलनामा एकदम न्युन थियाे ।  नेपालमा सरकारी अस्पतालहरूमा बेड, भेन्टिलेटर, अक्सिजन र औषधी जस्ता सामग्रीहरू र डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको अभावका साथै आवश्यकताअनुसारको सेवा  बिरामीले नपाएर ज्यान गुमाउनुपरेको छ।

अहिले विश्वभर फैलिरहेको भाइरसको स्वरूप म्युटेंट भैरहेको छ । विभिन्न मुलुकहरूमा फरक फरक स्वरूपका भाइरसहरू फेला परेका छन् । युके, ब्राजिलियन, साउथ अफ्रिकन जातका भाइरसहरू सबभन्दा द्रुत गतिमा फैलिने र ज्यादै हानिकारक पाइएका छन् । भने नयाँ प्रजातिको भाइरस र त्यस विरुद्धको खोपले पनि राम्ररी काम गर्न सकेको छैन।   

महामारी कम गर्न नेपाल सरकारले जेठ १३ सम्म बन्दाबन्दी गरेको छ । यो भाइरस हावाका मध्यमबाट पनि सर्ने भएकाले यो दिनप्रतिदिन बढ्दो क्रममा छ । अहिले स्वस्थ मानिसलेसमेत यो भाइरसका कारण ज्यान गुमाइरहेका छन् । त्यसैले सबै जना घरमै बसौँ,  सुरक्षित रहौँ  । विना काम घरबाहिर ननिस्कौं ।