Logo

Student Corner

अक्षय तृतीया

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 13 May, 2021

आज बैशाख ३१ गते अक्षय तृतीया परेकाे छ । याे वर्षकाे अक्षय तृतीया २०७८ -०१- ३१ गते शुक्रबार परेकाे छ ।  बैशाख महिनाकाे शुक्लपक्षकाे तृतीयालाई अक्षय तृतीया भनिन्छ । आजकाे दिन खुदाेपानी र सातु खाने चलन छ । खुदाेपानी र सातु दान गरेमा धर्म हुन्छ भन्ने जनविश्वास पनि छ । 
आज मैले पनि सातु र खुदाेपानी खाएँ । मेरी हजुरआमाले मलाई टिका लगाएर सातु र खुदाेपानी दिनुभयाे । हामी सबैले रमाएर याे पर्व मनायाैँ । विशेष गरी सातुमा जाैकाे पिठाे ,चिनी, सुकुमेल ,मरिच आदि राखिन्छ ।  खुदाे भए खुदाे नभए सख्खर घाेलेर पानी बनाइन्छ । आजकाे दिनलाई कुनै पनि शुभकार्य गर्न साइत जुराउनु पर्दैन ।