Logo

Student Corner

प्लास्टिक खाने जीवाणुको विकास

Written by: Shuban Pradhan - 24005, Grade X

Posted on: 12 May, 2021

सन् २०१६ मार्चमा जापानका वैज्ञानिकहरूले एउटा असाधारण कुराको खोजी गरी  एउटा कुरा पत्ता लगाए । जापानको ओसाकामा खोज कर्ताले हिलोको जाँच गरे । वैज्ञानिकहरूले हिलोको जाँच गरेपछि उनीहरूले प्लास्टिक खाने जीवाणु पत्ता लगाए । हिलोमा भएको जीवाणुले प्लाष्टिक सड्न वा खाने क्षमता विकास गरेका थिए।

इडेओनेला साकाइन्सिस नामक जीवाणुले पेट भन्ने खास किसिमको प्लाष्टिक मात्र खान सक्‍थ्यो । जहाँ  प्लाष्टिक बोतलहरू हुन्छन् ती बोतलहरू सड्न सयौँ वर्ष लाग्छ । जसले वातावरणलाई प्रदूषण धेरै  मात्रामा गर्छन् । यसले वातावरणमा प्रवेश गर्ने करोडौं टन फोहोरलाई कम गर्न ठुलो मद्दत गरेको वैज्ञानिकहरूको दाबी छ । पछिल्ला वर्षहरूमा यस कार्यमा अझ बढी सफलता मिल्दै जाने कुरा उनीहरूले बताएका छन् । सम्भवत :कलकारखानाबाट निस्कने यस्ता किसिमका फोहोरलाई  सजिलैसँग विस्थापन पनि गर्ने छ। 

प्लास्टिक खाने जीवाणु पत्ता लगाउन र विकास गर्न काम गरिरहेका वैज्ञानिकहरूले यो कुरा पत्ता लगाउन निकै सङ्घर्ष गरेका थिए । यसका साथै सूक्ष्म जीवाणुहरूले जैविक पदार्थहरूलाई  कसरी फलफूल र रूखको बोक्रालाई बायोडग्रेड गर्ने भन्नेबारे पनि अनुसन्धान गरिरहेका छन् । यस्ता किसिमका अनुसन्धानले पृथिवी र वातावरणलाई प्रदूषित हुन नदिन ठुलो सहयोग पुग्ने छ  ।