Written by: Deeva Shrestha - 28016, Grade VI
Posted on: 12 May, 2021
मेराे जीवनकाे गहना मेराे प्याराे साथी
मेराे मन प्याराे जन देख्छु सधैँ माथि
बाधा अड्चन आइपरेमा सधैँ साथ दिने
उन्नति वा प्रगतिमा सधैँ हाँसिदिने ।
मेराे प्याराे साथीकाे आनीबानी राम्राे
बाेलीचाली धेरै राम्राे मन झनै राम्राे
मलाई हर्दम विश्वास गर्ने मेराे प्याराे साथी
कहिल्यै धाेका नदिने मेराे प्याराे साथी ।
दीनदुखीकाे समस्यामा सधैँ सहयाेग गर्ने
सबैलाई एकैनास माया दया गर्ने
इमानदार र अनुशासित प्याराे मेराे साथी
अभिभावक, शिक्षक र मेराे प्याराे साथी ।
मलाई हाैसला र साथ दिने मेराे प्याराे साथी
कसैसँग नरिसाउने मेराे प्याराे साथी
अमूल्य र धेरै निकट छ हाम्राे मित्रता
जुगजुगसम्म अटुट रहाेस् हाम्राे मित्रता ।